Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधानको आधारभूत संरचना खण्डित गर्न नहुने : खिलराज रेग्मी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
संविधानको आधारभूत संरचना खण्डित गर्न नहुने : खिलराज रेग्मी

काठमाडौँ, २२ जेठ : संविधान संशोधन कार्यदलद्वारा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीसँग सुझाव सङ्कलन प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदलले आज पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग निवासमै पुगेर सुझाव सङ्कलन गर्दै।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलसँग शुक्रबार भएको भेटमा रेग्मीले संविधानको आधारभूत संरचनालाई कमजोर बनाउने वा खण्डित गर्ने गरी संशोधन गर्न नहुने सुझाव दिएका हुन्।

धार्मिक व्यवस्थासम्बन्धी बहसतर्फ संकेत गर्दै उनले वर्तमान संवैधानिक व्यवस्था यथावत् राख्न र धार्मिक विषयमा कुनै फेरबदल नगर्न आग्रह गरे। साथै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने विषयमा भइरहेको बहसमा हतारमा निष्कर्षमा पुग्न नहुने उनको धारणा थियो।

रेग्मीले संविधानमै १० वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी अन्य विषयगत आयोगलाई त्यसैको संरचनाभित्र समेट्न सकिने सुझाव दिए।

यसबाट प्रशासनिक भार घट्नुका साथै संस्थागत प्रभावकारिता बढ्ने उनको तर्क थियो। प्रदेशस्तरमा समेत छुट्टै आयोग गठन आवश्यक नरहेको उनले बताए।

कार्यदलका संयोजक असिम शाहले रेग्मीबाट प्राप्त सुझावहरूलाई संविधान संशोधन बहसपत्रमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’
राजनीति

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्
राजनीति

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध
राजनीति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

साउन २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व