Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १९, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेका छन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठुलो फड्को मार्नुपर्ने बताएका हुन् ।

सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए ।

मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए । नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उनको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे ।

उनले भने ‘हामी सन् २०२७ सम्मको चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेन–जी’ आन्दोलनले हामीलाई समय अगावै जिम्मेवारी सुम्पिएको छ । अब हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ । मैले विगत १२ वर्षदेखि भन्दै आएको ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ । विगतमा नीतिगत कब्जा र भ्रष्ट राजनीतिज्ञहरूसँगको अस्वस्थ सम्बन्धका कारण व्यावसायिक वातावरण धमिलिएको थियो। अब त्यो अन्त्य हुनेछ । कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ, तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन । आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ । हामी चाहन्छौँ कि निजी क्षेत्रले इमानदारिताको जगमा उभिएर व्यवसाय विस्तार गरोस् र राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याओस् ।’

निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताए । मन्त्री वाग्लेले आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिए ।

भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उनको भनाइ छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने बताए ।

उनले रुग्ण कानुनहरूको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको समेत पुनः दोहोर्याए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो
पर्यटन समाचार

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
फ्ल्यास हेडिङ

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व