काठमाडौं । संसद सचिवालय अन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै प्रतिनिधिसभाका सदस्यहरूलाई आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएलगत्तै सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन सुरु गरेका छन् । अहिलेसम्म १० जनाभन्दा बढी सांसदले सम्पत्ति विवरण बुझाईसकेको पनि सचिवालयले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण स्रोतसहित पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । यी ऐनहरूमा पद सम्हालेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गरी तोकिएको निकायसमक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ ।










Discussion about this post