काठमाडौं — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशका हिमाली भू–भागमा आंशिक बदली भएको छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराईका भू–भाग, उपत्यका तथा नदीका खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले तराई तथा उपत्यका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










Discussion about this post