Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एउटै विद्यालयले प्रत्येक बर्ष भर्ना शुल्क लिन नपाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २५, २०८२
कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शिक्षा मन्त्रालय ले निजी विद्यालयले भर्ना, वार्षिक शुल्कलगायत शीर्षकमा जथाभावी शुल्क लिएको भन्दै अभिभावकबाट व्यापक उजुरी आएको जनाएको छ ।नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै जाँदा शुल्कसम्बन्धी गुनासो बढेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले जथाभावी शुल्क नलिन निजी विद्यालयलाई सचेत गराउनुभएको छ ।

मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८३ सुरु हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल गर्ने कार्य भएको प्रमाण फेला परेको छ । यसप्रति ध्यानाकर्षण जनाउँदै सर्वोच्च अदालतले पनि शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना लिन आदेश दिएको थियो । मन्त्रालयले उक्त आदेश कार्यान्वयन गर्न ताकेता गर्दै ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ अनुसार मात्र शुल्क लिन निर्देशन दिएको छ ।

निर्देशिकाअनुसार निजी विद्यालयले १४ शीर्षकमा मात्रै शुल्क लिन पाउने व्यवस्था छ । जसमा मासिक पढाइ, वार्षिक, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास, भोजन, यातायात, शैक्षिक भ्रमण, अन्तरविद्यालय प्रतियोगिता तथा शैक्षिक सामग्री समावेश छन् ।

मासिक शुल्क वर्षमा १२ महिनाभन्दा बढी लिन नपाइने, भर्ना शुल्क सम्बन्धित कक्षाको एक महिनाको शुल्कभन्दा बढी लिन नपाइने तथा वार्षिक शुल्क बढीमा दुई महिनाको स्वीकृत मासिक शुल्क बराबर मात्रै लिन पाइने व्यवस्था गरिएको छ । मन्त्रालयले निर्देशिकाबाहेक अतिरिक्त शुल्क असुल गरेको पाइए अभिभावकलाई फिर्ता गर्नुपर्ने र नफिर्ता गरेमा शिक्षा ऐन लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व