Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८२
एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक हुन्छन् भन्ने विषयमा आज सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा व्यवसायी, विद्यार्थी तथा शिक्षकहरू बीच गहन अन्तरक्रिया कार्यक्रम आयोजना भयो। कार्यक्रममा भएको पानल डिस्कसनमा सञ्चालक तथा मूल वक्ताहरू सबै युवाहरू थिए। सरकारी जागिर खाने अपेक्षा भए के कस्ता तयारीहरू गर्नु पर्दछ र जिम्मेवारी बोक्नु पर्दछ भन्ने विषयमा लगानीकर्ताहरूको तर्फबाट नेपाल विद्युत प्राधिकरणका युवा इन्जिनियर जगदीश राज बरालले प्रकाश पारे भने परामर्श सेवा दिने संस्था खोल्दा पाउने अवसर तथा अपनाउनु पर्ने होसियारी बारे राजदेवी इन्जिनियरिङ कन्सल्टेन्ट प्रा।लि। का युवा इन्जिनियर विशाल देवले जानकारी दिए।

निर्माण व्यवसायमा काम गर्ने वा निर्माण व्यवसाय कम्पनी खोल्दा कसरी सफल हुने भन्ने विषयमा भिमेश्वर ग्रुपका युवा इन्जिनियर सन्दीप खड्काले आफ्ना अनुभव सुनाए। कलेजमा पाउने सैद्धान्तिक ज्ञान र भूधरातलीय यथार्थतामा हुने भिन्नता बीच तालमेल मिलाउन आवश्यक सीपहरूको जानकारी दिँदै इन्जिनियर सन्दीप खड्काले कलेजमा सुखा माटो परीक्षणको फर्मुला सिक्ने तर फिल्डमा माटो खन्दा पानी आएर हैरान पार्ने र बीस पच्चीस फिट मुनी पुगेपछि ड्रिल भाँच्दा के गर्ने भन्ने कुरा कलेजमा नसिकाइने भएकोले अन्तिम वर्षका विद्यार्थीहरूले त्यस प्रकारको ज्ञान तथा सीप इन्टर्नसिपको समयमा सिक्नु उचित हुने जनाए। पोखरा विश्वविद्यालय अन्तर्गतका स्नातक तहका सबै विद्यार्थीहरूले अनिवार्य इन्टर्नसिप गर्नु पर्ने भएकाले देशका सार्वजनिक र निजी लगानीकर्ता, परामर्श सेवा दिने संस्था र निर्माण व्यवसायीहरूसँग एभरेष्ट इन्जिनियरिङ कलेजले हातेमालोको नीति लिएको उल्लेख गर्दै कलेजका प्रमुख प्रशासकीय अधिकृत श्री अरुण कुमार भण्डारीले आपसी सहकार्यबाट मात्रै उद्योगलाई चाहिने सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन हुने तथ्य औल्याउनु भयो।

पानल डिस्कसन सत्रको सञ्चालन फुलब्राइट कन्सल्टेन्सीका युवा इन्जिनियर अनुराधा केसीले गरेका थिए। एभरेष्ट इन्जिनियरिङ कलेजका स्नातक तहका अन्तिम सत्रका विद्यार्थीहरूले आजको कार्यक्रमबाट आफूहरू लाभान्वित भएको जानकारी दिएका थिए। नेपालका परामर्शदातृ संस्थाहरूको छाता संगठन स्काफ(नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्माले नेपालका विद्यार्थीहरूको हितमा यस्ता कार्यक्रमहरू विभिन्न कलेजहरूमा निरन्तर आयोजना गरिराखेको जानकारी दिए। स्काफ(फ्युचर लिडर्स(नेपालका अध्यक्ष इन्जिनियर आदित्य खनालले पानल डिस्कसनका वक्ताहरू, सञ्चालिका तथा अन्य सहयोगीलाई प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरे। कार्यक्रमको प्रमुख आयोजक स्काफ(फ्युचर लिडर्स(नेपाल थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व