Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

होटल तथा पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउन महेन्द्रनगरमा ४ दिने ‘एआई’ तालिम

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १५, २०८२
होटल तथा पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउन महेन्द्रनगरमा ४ दिने ‘एआई’ तालिम
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको पर्यटकीय हब महेन्द्रनगरमा ‘प्रविधि-प्रेरित आतिथ्य सत्कार ‘एआई’ सम्बन्धी चार दिने विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

होटल संघ नेपालको सहयोगमा आयोजित उक्त तालिम शुक्रबार होटल गंगोत्री गोल्डको सभाहलमा एक समारोहका बीच समापन गरिएको हो। तालिममा विशेष गरी होटल व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल माध्यमको प्रयोग कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक शैलेन्द्र राज जोशीले बदलिँदो समयसँगै होटल व्यवसायलाई चुस्त-दुरुस्त राख्न डिजिटल प्लेटफर्मको प्रयोग अनिवार्य रहेको बताउनुभयो। उहाँले व्यवसायको प्रवर्द्धन र सेवा व्यवस्थापनमा एआईसँगको समन्वयले लागत घटाउने र कार्यक्षमता बढाउनेमा जोड दिनुभयो।

कार्यक्रम संयोजक जगदीश भट्टका अनुसार तालिममा कञ्चनपुरसहित कैलाली र डडेल्धुराका होटल व्यवसायी, सरोकारवाला र पर्यटन क्षेत्रमा भविष्य खोजिरहेका युवाहरूको उपस्थिति रहेको थियो। विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयका होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले यस प्रविधि-प्रेरित तालिममा विशेष चासोका साथ सहभागिता जनाएका थिए।

सहभागीहरूले चार दिनको अवधिमा डिजिटल मार्केटिङको प्रभावकारी उपयोग, एआईका टुल्सहरू प्रयोग गरेर व्यवसायको प्रचारप्रसार गर्ने तरिका र ग्राहक सेवामा प्रविधिको भूमिकाबारे व्यवहारिक ज्ञान प्राप्त गरेको बताएका छन्। तालिमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले अहिलेको प्रतिस्पर्धी बजारमा टिक्नका लागि प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताउनुभयो। उहाँले परम्परागत होटल व्यवसायलाई आधुनिकीकरण गर्न एआई (एआई) र डिजिटल मार्केटिङले मेरुदण्डको काम गर्ने उल्लेख गर्दै यस्ता तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व