काठमाडौँ — नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ रहेको थियो।










Discussion about this post