Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा ‘नगरपालिका स्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार (MSDI)’ विकास र डेटा व्यवस्थापन कार्यविधिमा जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १२, २०८२
दोधारा चाँदनीमा ‘नगरपालिका स्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार (MSDI)’ विकास र डेटा व्यवस्थापन कार्यविधिमा जोड
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तथ्यमा आधारित नीति निर्माण प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित ‘नगरपालिका स्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार’ (MSDI) विकास तथा ‘दास्ता’ (DASTAA) परियोजनाको अन्तिम कार्यशाला सम्पन्न भएको छ।

नगरपालिकाको नेतृत्वमा, Twilio.org Climate Tech Prize 2025 को सहयोग, नक्सा (Naxa) प्रा.लि.को कार्यान्वयन, आईएचआरआर (IHRR) को अनुसन्धान सहयोग, डिसिए नेपाल (DCA Nepal) को सहकार्य तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को स्थानीय समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको कार्यशालामा प्रणालीसम्बन्धी सिकाइ र अनुभव आदानप्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा नक्सा प्रा.लि.द्वारा तयार पारिएको ‘नगरपालिका स्तरीय भौगोलिक तथ्याङ्क पूर्वाधार (MSDI)’ सम्बन्धी प्रतिवेदन नगर प्रमुखलाई हस्तान्तरण गरिएको छ।

दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखिममा रहेको सन्दर्भमा विगतमा समुचित भौगोलिक तथ्याङ्क अभावका कारण विपद् व्यवस्थापनमा चुनौतीहरू देखिँदै आएका थिए। यसैलाई मध्यनजर गर्दै एकीकृत जियो-डेटाबेसको अवधारणा अघि बढाइएको हो।

नगर प्रमुख किशोर कुमार लिम्बुले प्रविधिमा आधारित यस प्रणालीले नगरको योजना तर्जुमा, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, अब निर्माण भएको एकीकृत भू-डेटाबेसले विपद् व्यवस्थापनसँगै स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ (WASH), प्रशासन, वित्त र पूर्वाधार लगायतका क्षेत्रमा तथ्यमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउने आधार प्रदान गर्नेछ।

‘दास्ता’ (DASTAA) परियोजना टोलीले स्थानीय तहमा डेटा व्यवस्थापनमा हुने दोहोरोपना र समन्वयको अभावलाई समाधान गर्न एकीकृत प्रणाली अपरिहार्य रहेको उल्लेख गरेको छ। विभिन्न परियोजनाहरूबाट संकलित तथ्याङ्कलाई एउटै केन्द्रीय प्रणालीमा समेट्दा स्रोतको सदुपयोग हुने, तथ्याङ्कमा एकरूपता कायम हुने तथा निकायहरूबीच समन्वय सुदृढ हुने उल्लेख गरिएको छ। साथै, नगरपालिकाले आफ्नै डेटा व्यवस्थापन कार्यविधि विकास गरी कार्यान्वयनमा ल्याएमा यो अभ्यास राष्ट्रिय स्तरमै उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

नक्सा प्रा.लि.का सुदर्शन हमाल र विद्या भण्डारीले ‘दास्ता’ (DASTAA) परियोजनाको कार्यढाँचा तथा उपलब्धिहरू प्रस्तुत गर्दै परियोजना अन्तर्गत ९,००० भन्दा बढी घरधुरीहरूको जोखिम प्रोफाइल अद्यावधिक गरिएको जानकारी दिनुभयो। उहाँहरूले प्रणालीमार्फत क्षेत्रगत ड्यासबोर्ड प्रयोग गरी विभिन्न क्षेत्रमा योजना तर्जुमा र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो। एक वर्षसम्म तथ्याङ्क अधिकृत परिचालन गरी गरिएको अध्ययनले नगरपालिकाको यथार्थ अवस्थाको स्पष्ट चित्र प्रस्तुत गरेको र यसलाई वडा तहसम्म विस्तार गर्न सकिने सम्भावना रहेको उहाँहरूले बताउनुभयो। साथै, घरधुरी प्रोफाइलमा आधारित योजना कार्यान्वयनले लक्षित वर्गसम्म प्रभावकारी पहुँच सुनिश्चित गर्ने स्पष्ट पार्नुभयो।

एनएनएसडब्लुएका सुदृढ परियोजना संयोजक राजकुमार सुनारले विकसित प्रणालीलाई नगरपालिकाको स्थायी सम्पत्तिका रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले डेटा अद्यावधिकलाई निरन्तर प्रक्रिया बनाउँदै आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने र आगामी परियोजनाहरूले पनि यही प्रणाली प्रयोग गर्ने गरी कार्यविधि निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो।

कार्यशालाको दोस्रो दिन वडा अध्यक्ष तथा वडा सचिवहरूलाई ‘दास्ता’ (DASTAA) प्रणाली सञ्चालन र तथ्याङ्क प्रविष्टिसम्बन्धी व्यवहारिक अभिमुखीकरण प्रदान गरिएको थियो। ‘दास्ता’ (DASTAA) प्रणालीको डेमोन्स्ट्रेशन अवधिभर वडा अध्यक्ष तथा वडा सचिवहरूले सक्रिय सहभागिता जनाउँदै अन्तर्क्रियात्मक छलफलमा संलग्न भई आफ्ना अनुभव तथा जिज्ञासाहरू प्रस्तुत गर्नुभएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व