Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टेलिकमको वार्षिकोत्सवमा वरिष्ठ प्राविधिक अधिकृत पन्त दीर्घसेवा कदर पत्रसहित सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २२, २०८२
टेलिकमको वार्षिकोत्सवमा वरिष्ठ प्राविधिक अधिकृत पन्त दीर्घसेवा कदर पत्रसहित सम्मानित
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ प्राविधिक अधिकृत राम दत्त पन्त दीर्घसेवा कदर–पत्रसहित सम्मानित भएका छन् । नेपाल सरकारका गृह मन्त्री माननीय ओम प्रसाद अर्यालद्वारा पन्तलाई कदर–पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

नेपाल टेलिकममा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएका पन्तले संस्थाको विकास, सेवा विस्तार तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको नेपाल टेलिकमले जनाएको छ ।

वार्षिकोत्सव समारोहका क्रममा नेपाल टेलिकममा लामो समयसम्म समर्पित भई सेवा प्रदान गरेका कर्मचारीलाई कदर–पत्रसहित सम्मान गरिएको हो । संस्थामा निरन्तर रुपमा योगदान पुर्‍याउँदै आएका कर्मचारीको मेहनत, लगनशीलता र संस्थाप्रतिको समर्पणको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको नेपाल टेलिकमले जनाएको छ ।

सम्मान ग्रहण गर्दै पन्तले यो उपलब्धि आफ्नो कार्यजीवनको महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै कर्मथलो नेपाल टेलिकम तथा सहयोग गर्ने सम्पूर्ण सहकर्मीप्रति आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि संस्थाको लक्ष्य हासिल गर्न थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल टेलिकमले देशभर दूरसञ्चार सेवा विस्तार गर्दै आइरहेको छ । संस्थाले कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै समय–समयमा यस्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

साउन २०, २०८३
राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

साउन २०, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

साउन २०, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँको तीनमहिने निक्षेप सङ्कलन गर्दै

साउन २०, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व