Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा प्रभावमा आधारित मौसम पूर्वानुमान कार्यशाला, विपद् जोखिम न्यूनीकरणमा जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ४, २०८२
वेदकोटमा प्रभावमा आधारित मौसम पूर्वानुमान कार्यशाला, विपद् जोखिम न्यूनीकरणमा जोड
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा प्रभावमा आधारित मौसम पूर्वानुमान (Impact Based Forecasting–IBF) समिक्षा तथा पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि शुभारम्भ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। जलवायु जोखिम न्यूनीकरण र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त कार्यशाला आयोजना गरिएको हो।

वेदकोट नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डीसीए नेपाल, इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर), नेपाल रेड क्रस सोसाइटी, सिआइएफआरसी तथा नेटहोपको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यशालामा मौसमविद्, वातावरणविद्, नगरपालिकाका जनप्रतिनिधि, नागरिक वैज्ञानिक, वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले प्रभावमा आधारित मौसम पूर्वानुमानको अवधारणा, यसको आवश्यकता र व्यावहारिक प्रयोगबारे स्पष्ट पार्नुभयो। उहाँले परम्परागत मौसम पूर्वानुमानभन्दा IBF प्रणालीले समुदायलाई सम्भावित जोखिमबारे समयमै जानकारी दिई क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनामार्फत स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले समुदायस्तरमै जोखिमको पहिचान र समयमै तयारी गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) की मौसमविद् मनिषा केसीले आइबिएफ प्रणालीमार्फत मौसमको सम्भावित प्रभावका आधारमा निर्णय लिन सकिने बताउँदै यसले स्थानीय तहको योजना निर्माण र विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउने बताउनुभयो।

वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले मौसम परिवर्तनका कारण बढ्दै गएका जोखिमहरूलाई ध्यानमा राख्दै यस्ता पूर्वानुमानमा आधारित प्रणाली स्थानीय सरकारका लागि अत्यन्तै उपयोगी हुने बताउनुभयो। उहाँले नगरपालिकाले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा वातावरणविद् नविन दहालले पूर्वानुमानमा आधारित पूर्वकार्य विधि (Forecast-based Action) सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले मौसम पूर्वानुमानलाई कार्यसँग जोडेर कसरी समयमै तयारी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो।

यसअघि स्मार्ट परियोजनाअन्तर्गत वेदकोट नगरपालिकामा २३ जना नागरिक वैज्ञानिकलाई विशेष तालिम प्रदान गरिएको थियो। स्मार्ट परियोजना वेदकोट नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डीसीए नेपाल र इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) को साझेदारीमा सञ्चालनमा रहेको छ। उक्त तालिममा सहभागी नागरिक वैज्ञानिकहरूलाई वर्षा गेजको प्रयोग, मापन प्रविधि, तथ्यांक संकलन तथा प्रतिवेदन प्रणालीका विषयमा विस्तृत जानकारी दिइएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व