Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आर्थिक अभावले सपना मर्न दिन्न : युवा नेता दिपेन्द्र जोशीद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई विशेष छात्रवृत्ति घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०८२
आर्थिक अभावले सपना मर्न दिन्न : युवा नेता दिपेन्द्र जोशीद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई विशेष छात्रवृत्ति घोषणा
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका उदीयमान युवा नेता तथा वातावरण विज्ञानमा विद्यावारिधि अध्ययन गरिरहेका छन् दिपेन्द्र राज जोशीले सुदूरपश्चिम प्रदेशका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा गर्नुभएको छ।

बझाङमा जन्मिएर हाल त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरिरहनुभएका जोशीले आफ्नै गाउँ-समाजमा भोगेको शैक्षिक अभावलाई मध्यनजर गर्दै ‘सपना धनी हुनुपर्छ, परिवार होइन’ भन्ने मूल नाराका साथ यो पहल सुरु गर्नुभएको हो।

यस्ता छन् छात्रवृत्तिका अवसरहरू: काठमाडौँको नयाँ बानेश्वरस्थित महर्षि कलेजमा अध्ययनका लागि उनले निम्न अनुसारको कोटा सार्वजनिक गरेका छन्:

  • BBA: १० जना विद्यार्थीलाई ७० प्रतिशत छात्रवृत्ति।
  • MBA: ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति।
  • B.Sc. CSIT: ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति।

विद्यार्थी राजनीति र सामाजिक कार्यमा सक्रिय जोशीले सुदूरपश्चिमका पहाडी भेगमा आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य गर्न यो सानो प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो केवल आर्थिक सहयोग मात्र होइन, सुदूरपश्चिमका युवाहरूको क्षमता र सम्भावनाप्रति गरिएको सार्वजनिक प्रतिबद्धता हो। शिक्षा नै सामाजिक रूपान्तरणको मुख्य आधार हो।”

बझाङबाट सुरु भएको जोशीको यो अभियानले सुदूरपश्चिमभरिका २० जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखेको छ। मृदुभाषी र सांगठनिक नेतृत्वमा सफल मानिने जोशीको यो घोषणाले शैक्षिक क्षेत्रमा एक नयाँ आशाको सञ्चार गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

साउन २०, २०८३
राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

साउन २०, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

साउन २०, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँको तीनमहिने निक्षेप सङ्कलन गर्दै

साउन २०, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व