काठमाडौँ । नेपाली कांग्रेसका उदीयमान युवा नेता तथा वातावरण विज्ञानमा विद्यावारिधि अध्ययन गरिरहेका छन् दिपेन्द्र राज जोशीले सुदूरपश्चिम प्रदेशका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा गर्नुभएको छ।
बझाङमा जन्मिएर हाल त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरिरहनुभएका जोशीले आफ्नै गाउँ-समाजमा भोगेको शैक्षिक अभावलाई मध्यनजर गर्दै ‘सपना धनी हुनुपर्छ, परिवार होइन’ भन्ने मूल नाराका साथ यो पहल सुरु गर्नुभएको हो।

यस्ता छन् छात्रवृत्तिका अवसरहरू: काठमाडौँको नयाँ बानेश्वरस्थित महर्षि कलेजमा अध्ययनका लागि उनले निम्न अनुसारको कोटा सार्वजनिक गरेका छन्:
- BBA: १० जना विद्यार्थीलाई ७० प्रतिशत छात्रवृत्ति।
- MBA: ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति।
- B.Sc. CSIT: ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति।
विद्यार्थी राजनीति र सामाजिक कार्यमा सक्रिय जोशीले सुदूरपश्चिमका पहाडी भेगमा आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य गर्न यो सानो प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो केवल आर्थिक सहयोग मात्र होइन, सुदूरपश्चिमका युवाहरूको क्षमता र सम्भावनाप्रति गरिएको सार्वजनिक प्रतिबद्धता हो। शिक्षा नै सामाजिक रूपान्तरणको मुख्य आधार हो।”
बझाङबाट सुरु भएको जोशीको यो अभियानले सुदूरपश्चिमभरिका २० जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखेको छ। मृदुभाषी र सांगठनिक नेतृत्वमा सफल मानिने जोशीको यो घोषणाले शैक्षिक क्षेत्रमा एक नयाँ आशाको सञ्चार गरेको छ।









Discussion about this post