Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्न: ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष २१, सोमबार १७:४६
वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्न: ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ। नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ।

नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ‘स्थानीय रोजगार रणनीति’ र ‘उद्यम विकास रणनीतिक योजना’ (आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७) स्वीकृत गरिएको छ। यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ‘वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१/०८२’ पारित गरेको छ। यसका साथै, स्थानीयस्तरमा संघ संस्था दर्तालाई व्यवस्थित गर्न ‘संघ संस्था दर्ता ऐन’ र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन ‘उच्च शिक्षा सहयोग वितरण कार्यविधि’ समेत स्वीकृत गरिएको छ।

सभामा विधायन समिति प्रमुख पवन नेपालीले कानुन संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्तावमाथि जनप्रतिनिधिहरूबीच व्यापक छलफल गरी विभिन्न विद्यमान कानुनहरूलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने निर्णय गरिएको छ।

नगर सभामा नगर उप-प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सभाको समापन गर्दै नगर प्रमुख भोजराज बोहराले पारित गरिएका नीति र रणनीतिहरूले नगरको बेरोजगारी समस्या समाधान गर्न र नागरिकलाई घरदैलोमै आधुनिक एवम् प्रविधिमैत्री सेवा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कोषाध्यक्ष पदमा मिन राज भट्टको उम्मेदवारी
मुख्य समाचार

कोषाध्यक्ष पदमा मिन राज भट्टको उम्मेदवारी

२०८२ पुष २१, सोमबार १७:४६
पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण
मुख्य समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

२०८२ पुष २१, सोमबार १७:४६
मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक
मुख्य समाचार

मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

२०८२ पुष २१, सोमबार १७:४६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ पुष २१, सोमबार १७:४६
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ पुष २१, सोमबार १७:४६
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ पुष २१, सोमबार १७:४६
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पुष २१, सोमबार १७:४६
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ पुष २१, सोमबार १७:४६
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ पुष २१, सोमबार १७:४६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व