Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोषाध्यक्ष पदमा मिन राज भट्टको उम्मेदवारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०८२
कोषाध्यक्ष पदमा मिन राज भट्टको उम्मेदवारी
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिको निर्वाचनमा कोषाध्यक्ष पदका लागि मिन राज भट्ट ९मनोज० ले उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्यसमेत रहेका भट्ट कञ्चनपुरको व्यापारिक क्षेत्रमा परिचित नाम हुन्। उनी भाग्यश्वरी ट्रेड सेन्टर तथा के।डी। इन्टरप्राइजेजका सञ्चालकसमेत हुन्। लामो समयदेखि व्यापार–व्यवसायमा सक्रिय रहँदै आएका भट्टले व्यापारी समुदायको हक–हित, समस्या र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको दाबी गर्दै आफू पदका लागि नभई जिम्मेवारीका लागि उम्मेदवार बनेको बताएका छन्।

निर्वाचनको सन्दर्भमा मत माग्ने क्रममा व्यापारीहरूका धेरै गुनासा, पीडा र अपेक्षाहरू सुनिएको भट्टको भनाइ छ। उनका अनुसार अहिले व्यापारीहरूले भोगिरहेका समस्या केवल व्यक्तिगत नभई समग्र व्यापारिक वातावरणसँग जोडिएका विषयहरू हुन्। भन्सारसम्बन्धी झन्झट, बजारभित्रको अव्यवस्था, अनावश्यक प्रशासनिक दबाब तथा केही व्यक्तिहरूबाट दिइने दुःख व्यापारीहरूको साझा समस्या बनेका छन्। यस्ता समस्या पर्दा जहाँसुकै जुनसुकै अवस्थामा पनि आफू अग्रपंक्तिमा रहेर खटिँदै आएको र आगामी दिनमा पनि त्यही प्रतिबद्धता कायम रहने उनले बताएका छन्।

भट्टले उद्योग वाणिज्य संघ कुनै एक व्यक्तिको वा सीमित समूहको संस्था नभई सम्पूर्ण व्यापारी समुदायको साझा आवाज भएकोमा जोड दिएका छन्। संघले हरेक व्यापारीको हक–हितका लागि समान रूपमा बोल्नुपर्ने र कुनै पनि समस्या संस्थागत रूपमा समाधानतर्फ लैजानुपर्ने उनको धारणा छ। संघलाई अझ समावेशी, पारदर्शी र व्यापारीमैत्री बनाउने लक्ष्यका साथ आफू कोषाध्यक्ष पदको उम्मेदवार बनेको उनले स्पष्ट पारेका छन्।

क्षेत्रीय तथा राष्ट्रिय आर्थिक विकासका सन्दर्भमा भट्टले सुक्खा बन्दरगाह सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार सुक्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा आएपछि कञ्चनपुर तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधि तीव्र हुनेछ। यसले व्यापार विस्तार, रोजगारी सिर्जना तथा आयात–निर्यात प्रक्रियालाई सहज बनाउँदै समग्र अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्। यस्ता दीर्घकालीन आर्थिक मुद्दामा संघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

कोषाध्यक्ष पदका उम्मेदवार भट्टले संघको आर्थिक पाटोलाई अझ सुदृढ बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। व्यापारिक क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिताका साथ संघको कोष व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। आफू निर्वाचित भएमा संघको कोषलाई आजसम्मकै सबैभन्दा मजबुत, व्यवस्थित र विश्वासयोग्य बनाउने दाबी उनले गरेका छन्।

संघको पदअनुसारको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भट्टले आफ्नो समय, श्रम र क्षमतालाई पूर्ण रूपमा संघको हितमा लगाउने बताएका छन्। संघलाई केवल नाममा सीमित नराखी व्यवहारमा चलायमान, सक्रिय र परिणाममुखी संस्था बनाउने उनको लक्ष्य रहेको छ। व्यापारीहरूले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी संघका गतिविधि प्रभावकारी बनाइनुपर्नेमा उनले जोड दिएका छन्।

पछिल्ला सात वर्षदेखि उद्योग वाणिज्य संघसँग आबद्ध रहेका भट्टले यो अवधिलाई संघलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सोचमै खर्चिएको बताए। संघका आन्तरिक संरचना, समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै यही अनुभवका आधारमा आफू कोषाध्यक्ष पदका लागि योग्य रहेको उनको भनाइ छ।

निर्वाचन परिणाम जे भए पनि व्यापारीहरूको हक–हितका लागि बोल्न कहिल्यै नछोड्ने भट्टले स्पष्ट पारेका छन्। जित वा हार चुनावी प्रक्रिया भए पनि व्यापारीहरूको पक्षमा आवाज उठाउनु आफ्नो स्थायी दायित्व भएको उनको भनाइ छ। उनले आफू पदको पछि नभई मुद्दा र जिम्मेवारीको पछि लागेको दाबी गरेका छन्।

भट्टले आफ्नो पारिवारिक पृष्ठभूमि पनि व्यापारसँगै जोडिएको रहेको उल्लेख गरेका छन्। उनका दाइले सानो खोकाबाट व्यापार सुरु गरेको र परिवारले लामो समयदेखि व्यापारीहरूको हक–हितका लागि काम गर्दै आएको उनले बताए। यही संघर्ष, अनुभव र पारिवारिक संस्कारका कारण आफू सफल हुनेमा ढुक्क रहेको उनको भनाइ छ।

अन्त्यमा भट्टले आफूलाई विश्वास गरेर मत दिने व्यापारीहरूको प्रतिनिधि बनेर उनीहरूको सुख–दुःखमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आफू पदका लागि नभई व्यापारीहरूसँग हातेमालो गरेर अघि बढ्न आएको बताउँदै कोषाध्यक्ष पदलाई दीर्घकालीन सोचको एउटा जिम्मेवारीका रूपमा लिएको उनले बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व