Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वकप लिगः२ मा नेपाल जितबिहीन, युएईसँग पनि पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८२
विश्वकप लिगः२ मा नेपाल जितबिहीन, युएईसँग पनि पराजित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित दर्ता गर्दै श्रृङ्खलामा नेपालको जितको खोज अन्त्य गरिदिएको हो।

यससँगै नेपालले सिरिजमा युएई र अमेरिका दुवैसँगका दुई–दुई खेल गुमाउँदै लगातार चार खेलमा पराजय व्यहोरेको छ।

बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९।१ ओभरमा पूरा गर्‍यो। घरेलु टोलीका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट प्रदर्शन गरे। चौथो विकेटका लागि दुवैले १४७ रनको महत्त्वपूर्ण साझेदारी गरे।

वासिमले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाए भने शाहदाद ९६ रनमा आउट भए। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको युएईविरुद्ध नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो।

नेपालको सुरुवात खराब रह्यो। ओपनर प्रारम्भमै २ रनमै आउट भएपछि दबाबमा परेको नेपाललाई आसिफ शेख र भीम सार्कीले उकास्ने प्रयास गरे। दोस्रो विकेटका लागि दुवैले ७४ रनको साझेदारी गरे। आसिफले ४८ बलमा ३४ रन ९४ चौका० बनाए भने भीमले ६८ बलमा ४८ रन ९७ चौका० जोडे।

कप्तान रोहित पौडेल २ रनमै आउट भए। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बनाए। कुशल मल्लले अन्त्यतिर ५१ बलमा ४५ रन ९१ चौका, ३ छक्का० जोडे भने सन्दीप लामिछानेले १० बलमा नटआउट १५ रन थपे।

बलिङतर्फ युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले दुई–दुई विकेट लिए।

यस जितसँगै युएईले २० खेलबाट १० अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा छ भने नेपाल १२ अंकका साथ सातौं स्थानमा रहेको छ। सिरिजका चारै खेल जितेको अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

लगातार चार खेलमा हारसँगै नेपालको प्रदर्शन पुनः आलोचनाको केन्द्र बनेको छ, विशेषगरी टप–अर्डरको कमजोरी र अस्थिर बलिङलाई सुधार्नु आगामी खेलहरूका लागि चुनौतीको विषय बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व