Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छठ पर्वको मुख्य दिन आज सूर्यलाई अर्घ दिँदै श्रद्धापूर्वक मनाइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १०, सोमबार ०७:४३
छठ पर्वको मुख्य दिन आज सूर्यलाई अर्घ दिँदै श्रद्धापूर्वक मनाइँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सूर्य उपासना र पवित्रता, अनुशासन तथा आस्थाको पर्व छठ आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ अर्पण गर्ने परम्परा रहेको छ ।

यस पर्वमा भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको विधिवत् समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने मुख्य दिनको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

ब्रतालुहरूले आज साँझ नदी, पोखरी तथा जलाशय किनारमा विशेष पूजा गरी सूर्यदेवप्रति धन्यवाद व्यक्त गर्ने गर्छन् । उनीहरूले रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई व्रत पूरा गर्छन् ।

राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती किनारा, नख्खु, गहनापोखरी, कुपण्डोललगायत स्थानहरूमा छठ पूजाका लागि विशेष मण्डप र पूजास्थलहरू निर्माण गरिएको छ ।

पहिले मुख्यतः तराई क्षेत्रमा मनाइने यो पर्व अहिले पहाडी र हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । यसले विभिन्न जातजाति र समुदायबीच सामाजिक सद्भाव र एकता सुदृढ गरेको छ ।

छठ व्रत विधिपूर्वक सम्पन्न गरे मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने जनविश्वास रहिआएको छ ।

व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाउने गर्छन् । केहीले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि लसुन, प्याजजस्ता तामसी पदार्थ त्यागी सात्विक भोजन मात्रै ग्रहण गर्छन् । यही कारणले छठ पर्वलाई अत्यन्त पवित्र र अनुशासित चाडका रूपमा मानिन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ कार्तिक १०, सोमबार ०७:४३
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ कार्तिक १०, सोमबार ०७:४३
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८२ कार्तिक १०, सोमबार ०७:४३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ कार्तिक १०, सोमबार ०७:४३
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ कार्तिक १०, सोमबार ०७:४३
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ कार्तिक १०, सोमबार ०७:४३
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ कार्तिक १०, सोमबार ०७:४३
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ कार्तिक १०, सोमबार ०७:४३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार ०७:४३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व