Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पानी कम पिउँदा तनाव बढ्छ: नयाँ अध्ययन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन २१, मंगलवार १९:१२
मिर्गौला स्वस्थ राख्न कति पानी पिउनुपर्छ ?
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

पानी सकेसम्म धेरै पिउनु पर्छ भनेर त हामीले सुन्दै आइरहेका छौँ । यो भन्दा पनि धेरै हामीलाई कम पानी पिउनुका बेफाइदाहरू बताइएको छ । मिर्गौला र कलेजोको स्वास्थ्यको लागि समेत पानी पिउनु विशेष गरी धेरै महत्त्वपूर्ण भनिएको छ ।

यद्यपि, तनाव कम गर्न पनि धेरै पानीको सेवन जरुरी छ । हालैको एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । यो अध्ययनले एक व्यक्तिलाई हरेक दिन कति पानी पिउन आवश्यक छ र शरीरको यो आवश्यकता पूरा नभएमा तनाव कसरी बढ्न सक्छ भनेर बताएको छ ।

दिनमा १ दशमलव ५ लिटरभन्दा कम पानी पिउने मानिसहरूको शरीरमा तनावको परिस्थितिमा कोर्टिसोल नामक हर्माेनको मात्रा बढ्ने जर्नल अफ एप्लाइड फिजियोलोजीमा प्रकाशित हालैको एक अध्ययनले खुलासा गरेको छ ।

यो शरीरमा तनाव निम्त्याउने मुख्य हर्माेन हो । अनुसन्धानका अनुसार शरीरमा थोरै मात्रै पानीको कमीले पनि सामान्य व्यक्तिमा तनावको अनुभूति बढाउँछ र प्रतिक्रियाहरू पनि परिवर्तन हुन थाल्छ ।

कसरी गरियो अनुसन्धान ?

वैज्ञानिकहरूको एक समूहले सारा अनुसन्धान युवाहरूमा गरेका थिए । यस अन्तर्गत, युवाहरूलाई दुई फरक समूहमा विभाजन गरिएको थियो । एउटा समूहले हरेक दिन १ दशमलव ५ लिटर वा कम पानी पिउँथ्यो ।

अर्को समूहले चाहिँ मापदण्ड अनुसार पानी पिउँथ्यो । एक हप्तासम्म नियम पालना गरेपछि युवाहरूको सार्वजनिक रूपमा बोल्ने र प्रश्नहरू समाधान गर्ने क्षमताको परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुवै समूह समान रूपमा चिन्तित भएको र उनीहरूको मुटुको धड्कन पनि समान रूपमा बढेको पत्ता लगाए । यद्यपि, जुन समूहका मानिसहरूले डेढ लिटर पानीको मापदण्ड पालना गरे, उनीहरूमा कोर्टिसोल हर्मोन बढी पाइयो ।

वैज्ञानिकहरूका अनुसार मानिसहरूमा कोर्टिसोल बढिरहेको छ भने यसले तनाव बढ्छ । कोर्टिसोल धेरै महिना वा वर्षसम्म बढिरह्यो भने यसले मुटु रोग, मिर्गौला समस्या वा मधुमेहको जोखिम बढाउने पाइयो ।

अनुसन्धानमा भाग लिने र कम पानी पिउने मानिसहरूलाई बढी पानी पिउनेहरूको तुलनामा तिर्खा भने लागेको थिएन । यद्यपि, उनीहरूको शरीरले अरू केही भनिरहेको थियो । पिसाबको गाढापनले उनीहरूको शरीरमा पानी कम भएको सङ्केत गरिरहेको थियो । अर्थात् अत्यधिक तिर्खाले सधैँ शरीरमा पानीको आवश्यकतालाई सङ्केत नगर्ने यसले देखायो ।

पानीको अभावले किन बढाउँछ तनाव ?

शरीरमा पानीको अभावको सम्पूर्ण विज्ञान मस्तिष्कसँग जोडिएको छ । जब शरीरमा पानीको कमी हुन्छ, मस्तिष्कले भासोप्रेसिन नामक हर्माेन निकाल्छ, जसले पानी बचत गर्न र रगतको मात्रा व्यवस्थापन गर्न मिर्गौलालाई सन्देश पठाउँछ । यद्यपि, भासोप्रेसिन एक्लैले भने काम गर्दैन । मस्तिष्कको चेतावनी प्रणाली पनि सक्रिय हुन्छ, जसले कठिन समयमा शरीरमा कोर्टिसोल नाम गरेको हर्माेनको मात्रा बढाउँछ । फलस्वरूप, शरीरमा कम तरल पदार्थको उपस्थितिले तनावको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछ ।

यो अवस्थाले मानिसहरूको शारीरिक अवस्थालाई बिगार त गर्छ नै मानसिक अवस्था पनि बिग्रन थाल्छ । यस्तो अवस्थामा, कसैले दिनँहु दबाबको सामना गर्छ वा काम पूरा गरिसक्नु पर्ने समयसीमामा हुन्छ वा पारिवारिक जिम्मेवारी र आर्थिक चिन्ताहरूसँग संघर्ष गरिरहेको हुन्छ भने उसको मानसिक अवस्था तनावपूर्ण हुन्छ । यो समग्र स्वास्थ्यको लागि घातक साबित हुन सक्छ ।

त्यसो भए के धेरै पानी पिउनाले तनाव कम हुन सक्छ ?

सही मात्रा भन्दा कम पानी पिउँदा तनाव बढ्न सक्छ । तर, यसको विपरीत अर्थात् बढी पानी पिउनाले तनाव कम हुन्छ त भनेर चाँहि भन्न सकिदैंन । सरल शब्दमा भन्नुपर्दा, कम पानी पिउनु घातक साबित हुन सक्छ, तर धेरै पानी पिउनाले शरीरमा पहिले नै रहेको कोर्टिसोललाई असर गर्दैन । तनावको लागि बाहिरी संसारको अवस्था धेरै हदसम्म जिम्मेवार हुने भएकोले पनि यसले असर नगर्ने भएको हो । मानव शरीरमा तरल पदार्थको आवश्यकता पानीले मात्र पूरा गर्दैन । दिनभरि खाइने चिया, कफी, दूधले पनि शरीरमा तरल पदार्थको आवश्यकता पूरा गर्दछ । तर, पानीको प्रभाव यी सबै पेय पदार्थहरू भन्दा छिटो र तीव्र हुने अनुसन्धानमा पाइएको छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
जीवनशैली

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ आश्विन २१, मंगलवार १९:१२
पर्याप्त निद्रा पुग्दैन ?
जीवनशैली

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ आश्विन २१, मंगलवार १९:१२
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
जीवनशैली

कार्तिक २७ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ आश्विन २१, मंगलवार १९:१२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ आश्विन २१, मंगलवार १९:१२
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ आश्विन २१, मंगलवार १९:१२
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ आश्विन २१, मंगलवार १९:१२
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ आश्विन २१, मंगलवार १९:१२
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ आश्विन २१, मंगलवार १९:१२
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ आश्विन २१, मंगलवार १९:१२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व