Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधान दिवसको अवसरमा जनज्योति क्याम्पसमा पुरस्कार वितरण तथा विचार गोष्ठी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३, २०८२
संविधान दिवसको अवसरमा जनज्योति क्याम्पसमा पुरस्कार वितरण तथा विचार गोष्ठी
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल विद्यार्थी संघ (नेविसंघ) जनज्योति बहुमुखी क्याम्पसले बीपी जयन्तीको अवसरमा आयोजित खुला कविता लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ। भदौ २४ गतेका लागि तय भएको कार्यक्रम ‘जेनजीको’ आन्दोलनका कारण स्थगित भए पनि संविधान दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको हो।

नेविसंघ जनज्योति क्याम्पसका निवर्तमान सभापति कृष्णदेव जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भीम भट्ट रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा वडा नं. ११ का अध्यक्ष प्रकाश थापा, नेविसंघ केन्द्रीय सदस्य सञ्जय अधिकारी, क्याम्पस प्रमुख प्रकाश जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा चाँदनी भट्ट प्रथम, नितेश जोशी द्वितीय र जानकी जोशी तृतीय हुनुभएको छ। यस्तै, निर्मला साउदले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ। विजेताहरूलाई क्रमशः रु. २५०५, रु. १५०५ र रु. १००५ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो। सान्त्वना पुरस्कार विजेताले रु. ५०५ नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो।

कार्यक्रमसँगै ‘संविधान दिवस उत्सव मात्र कि आत्ममुल्याङ्कनको आधार’ विषयक विचार गोष्ठी पनि आयोजना गरिएको थियो। गोष्ठीमा वक्ताहरूले वर्तमान संविधानमाथि भइरहेका विभिन्न प्रहारबारे चिन्ता व्यक्त गर्दै यसको रक्षाका लागि युवा र विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि भीम भट्टले संविधानमाथि पटकपटक आक्रमण भएको उल्लेख गर्दै युवा विद्यार्थीहरूले सचेत भई खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस्तै, भीमदत्त ११ का वडा अध्यक्ष तथा विशिष्ट अतिथि प्रकाश थापाले संविधान जारी गर्दा नाकाबन्दीसम्मको समस्या खेप्नुपरेको स्मरण गराउँदै अहिले त्यत्रो संघर्षबाट निर्माण गरिएको संविधान मास्ने प्रपञ्च भइरहेकोमा दुःख व्यक्त गर्नुभयो।

त्यस्तै नेविसंघ केन्द्रीय सदस्य सञ्जय अधिकारीले संविधानको रक्षा गर्नु विद्यार्थीहरूको विशेष भूमिका हुने र अब देश निर्माणका लागि युवाहरूले हस्तक्षेप गर्नुपर्ने तर्क राख्नुभयो।

कार्यक्रमका सभापति कृष्णदेव जोशीले दशकौँ लगाएर निर्माण गरिएको संविधान कार्यान्वयनको चरणमै रहँदा यसमाथि चारैतिरबाट प्रहार भइरहेकोले संविधान मास्ने खतरा बढेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले संविधान दिवसको दिन मात्र उत्सव मनाएर नपुग्ने भन्दै अब गम्भीर भएर आत्ममूल्याङ्कन गर्नुपर्ने बेला आएको तर्क राख्नुभयो। उहाँले ‘संविधानले दिएका मौलिक हक अधिकार हामीले कति उपभोग गर्न पाएका छौँ? हामी हाम्रो संविधान जोगाउन कति कटिबद्ध छौँ?’ भनी आफूलाई मूल्याङ्कन गरी संविधानको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व