कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -८ का दीपक नाथले आफ्ना बुबा गणेश नाथको पहिलो सोह्र श्राद्धको दिनलाई सामाजिक सेवाको माध्यम बनाएर अविस्मरणीय बनाएका छन्। उनले बुबाको पुण्यतिथिमा रौटेलास्थित वृद्धाश्रमका २२ जना वृद्ध आमाबुबाहरूलाई भोजन गराएका छन्।

सोमबार, बुबाको सम्झनामा दीपक सपरिवार वृद्धाश्रम पुगेर खीर, पुरी, तरकारी र फलफूलको भोजन गराए। बुबाको सम्झनालाई व्यक्तिगत कर्मकाण्डमा मात्र सीमित नराखी समाजसेवामा जोड्ने दीपकको यो कार्यको सबैले प्रशंसा गरेका छन्।

पेशाले सुदूरपश्चिम खबरका फोटो पत्रकार तथा दीप स्टुडियोका सञ्चालक रहेका दीपकको यो कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ। उनी भन्छन्, “बुबाको सम्झना गर्ने सबैभन्दा राम्रो तरिका उहाँले सिकाउनुभएको परोपकार र सामाजिक सेवालाई निरन्तरता दिनु हो।”











Discussion about this post