Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व जेक वेदराल्डले गर्नेछन्।

सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको एनटी स्ट्राइक गत वर्ष सेमिफाइनलमा पुगेको थियो। यसपटक टोलीमा बिग ब्यास लिगको अनुभव बोकेका स्टार खेलाडीहरू रहेका छन्। डार्सी शर्ट पावरप्लेमा खेलको रुख पल्टाउन सक्षम मुख्य आकर्षणका रूपमा छन्। उनी अष्ट्रेलियाको सिनियर टोलीबाट टी–२०आई खेलिसकेका छन्। उनका कप्तान जेक वेदराल्डले सेफिल्ड शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलिया ‘ए’ का लागि शतकीय इनिङ खेलेका छन् र आगामी एशेजमा टेस्ट डेब्यू गर्ने चर्चामा छन्। त्यसैगरी जोर्डन सिल्क तीन पटक बिग ब्यास जितेका अनुभवी खेलाडी हुन्, जसले आक्रामक ब्याटिङसँगै उत्कृष्ट फिल्डिङका लागि पनि नाम कमाएका छन्। बलिङतर्फ अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय पेसर केन रिचार्डसन छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्ने प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन्। नेपालले आगामी खेलहरूमा बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग सामना गर्ने कार्यक्रम छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने
खेलकुद

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता
खेलकुद

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!
खेलकुद

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण ३०, शुक्रबार ०७:१६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व