Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३०, २०८२
टप एण्ड टी–२० सिरिजमा आज नेपाल र एनटी स्ट्राइक आमनेसामने
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व जेक वेदराल्डले गर्नेछन्।

सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको एनटी स्ट्राइक गत वर्ष सेमिफाइनलमा पुगेको थियो। यसपटक टोलीमा बिग ब्यास लिगको अनुभव बोकेका स्टार खेलाडीहरू रहेका छन्। डार्सी शर्ट पावरप्लेमा खेलको रुख पल्टाउन सक्षम मुख्य आकर्षणका रूपमा छन्। उनी अष्ट्रेलियाको सिनियर टोलीबाट टी–२०आई खेलिसकेका छन्। उनका कप्तान जेक वेदराल्डले सेफिल्ड शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलिया ‘ए’ का लागि शतकीय इनिङ खेलेका छन् र आगामी एशेजमा टेस्ट डेब्यू गर्ने चर्चामा छन्। त्यसैगरी जोर्डन सिल्क तीन पटक बिग ब्यास जितेका अनुभवी खेलाडी हुन्, जसले आक्रामक ब्याटिङसँगै उत्कृष्ट फिल्डिङका लागि पनि नाम कमाएका छन्। बलिङतर्फ अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय पेसर केन रिचार्डसन छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्ने प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन्। नेपालले आगामी खेलहरूमा बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग सामना गर्ने कार्यक्रम छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व