Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लालझाडीका पीडित किसान आन्दोलित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २३, २०८२
लालझाडीका पीडित किसान आन्दोलित
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र सुरो नेपाल नामक एनजिओबाट ठगिएका छन् । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन् ।

अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम संकलन गरेको थियो । गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन् ।

अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३ लाख बढि रकम संकलन गरेका थिए ।

आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ ।

अग्रीम पैशा बुझाएका किसानलाई न समान न पैशा फिर्ता दिईएपछि उनीहरु समस्यामा परेका छन । अनुदानमा कृषि समाग्री पाउने आशमा रहेका झण्डै साढे ३ सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका छन् ।

बुधबार सहकारीका उपभोक्ता एवम् ठगिएका किसानले दुवै सहकारीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । उनीहरुले माफुहरुको पैशा फिर्तादेखि समान नपाउँदासम्म ताला नखोल्ने चेतावनी दिएका छन । लालझाडीका युवा किसान अर्जुन चौधरीले दोदा साना किसान सहकारी मार्फत कृषि समाग्री पाईने भएपछि ऋण निकालेर ९५ हजार रकम बुझाएका थिए । चौधरीले पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि ९५ हजार रुपैया बुझाएपनि अहिलेसम्म न समान न रकम फिर्ता पाएको दुखेसो पोखेका छन् ।

‘हामी ग्रामिण भेगका किसान माथि यस्तोे अन्याय भयो, कसैले न्याय दिएन, ‘उनले भने, ‘किसानबाट सहकारीले रकम संकलन गरेको हो, हामीले पनि सहकारीमै रकम बुझाएका हौँ, सुरो नेपाल एनजिओलाई जान्दैनौँ, अब सहकारीले नै रकम फिर्ता दिलाउनुपर्छ ।’

अर्का किसान खडक रानाले आफुले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । स्वदेशमै कृषि कार्य गरेर केही गर्न सकिने आशले उनले आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो पोखे ।

‘मैले पावर टिलरका लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैया बुझाएको हुँ, ‘उनले भने, ‘रकम दिएपनि समान दिएको छैन, समान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ आउँछ ।’

किसान गोबिन्द राम चौधरीले आफ्नै सहकारीबाट ठगिएपछि अरुलाई के दोष दिनु भन्दै दुखेसो पोखेका छन । बाह्यबाट आएको चुरो नामक एनजिओको भर पर्दा आफुहरु अन्याय परेको र सहकारीको समेत खास खस्किएको बताए । उनले पनि सहकारीका पावर टिलर घाँस काट्ने मेसिनका लागि ९५ हजार रकम बुझाएपनि न समान न रकम फिर्ता पाएको बताए । अर्का किशान रतन सिह रानाले चुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफुहरुको विचल्ली बनाएको बताए । उनले किसानलाई कृषि समाग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छेहरु विदेश भ्रमणमा समेत घुम्न गएको बताए ।

किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरुले दुरुपयोग गरेको दावि गरेका छन ।

किसानहरुले आफुहरुले न्याय नपाउँदासम्म सहकारीमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन । तालाबन्दीका कारण दुवै सहकारीको कामकाज प्रभावित भएको छ ।

अनमोल कृषि सहकारी संस्थाका व्यवस्थापक खडक रानाले सुरो नेपाल नामक एनजिओले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ६३ किसानबाट पावर टिलरका लागि ७५ हजार र ४८ किसानबाट पानीतान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएैको ४८लाख, ४६ हजार रकम सुरो नेपालकै खातामा पठाईदिएको बताए । उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दावि गर्दै ४० पानी तान्ने मोटरमात्रै आएको बताए ।

आफुहरुलाई समान नदिएपछि सुरो नेपालका अध्यक्ष शुशिला खडका, सहयोगी सुनिता चौधरी, टीकाराम चौधरी र नवराज ओझा बिरुद्धमा मुद्दा दिएको बताए । अहिले अध्यक्ष शुशिला खडका र उनकी सहयोगी शुनिता चौधरी पुरपक्षका लागि कारागारमा छन । बाँकी किसानबाट रकम सकलन गर्ने ठगहरु पक्राउ परेका छैनन । दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले अढाई सय किसानबाट सकलन भएको १करोड ९३लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए ।

पावर टिलरका लागि ७५ हजार, औषधी छर्किने ट्याङकीका लागि २ हजार, पानीतान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २०हजार र रोटाभेटरका लागि ४५ हजारका दरले अढाईसय किसानबाट रकम संकलन भएको बताए । उताबाट ४०थान मोटर र १ सय थान औषधी छर्किने ट्याङकी बाहेक अन्य समान नदिएको बताए । उनले पनि सहकारी ठग्ने सुरो नेपाल बिरुद्धमा मुद्दा चलाएको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुरो नेपालका अध्यक्ष शुशिला खडका सहित दुई पुरपक्षका लागि जेल चलानभएको बाँकी ठगि धन्दामा सलग्नमाथि छानबिन भईरहेको बताए ।

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी बार्बाही र उनीहरुकोे चलअचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउन भूमिका निर्वाहमा जोडदिएका छन । ‘किसानबाट पैशा उठाउने दुई मान्छे जेलमा छन, उनीहरुको संस्था, व्यक्तिगत चल,अचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउने काम भईरहेको छ, ‘उनले भने, ‘बाँकी किसान ठग्ने व्यक्ति समुह,सहकारीमाथि पनि छानबिन गरेर दोषि भेटिए कार्बाहीका लागि पहल गर्छु ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व