Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किसान सहकारीको ‘सहकारी शिक्षा तथा तिज मिलन’ कार्यक्रममा ६ लाखभन्दा बढीको सहयोग प्रदान

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २२, २०८२
किसान सहकारीको ‘सहकारी शिक्षा तथा तिज मिलन’ कार्यक्रममा ६ लाखभन्दा बढीको सहयोग प्रदान
0
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दैजी शाखाले बिहीबार सहकारी शिक्षा तथा तिज मिलन कार्यक्रम सञ्चालन गरेको छ। वेदकोट नगरपालिका-१०, रत्न मावि चतहरीको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहकारीका सदस्यहरूलाई तिजको शुभकामना आदानप्रदान गर्नुका साथै सहकारी शिक्षा र वित्तीय साक्षरताका विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व संस्थाका सुपरीवेक्षण विभाग प्रमुख प्रकाश कुमार जिसीले गर्नुभएको थियो भने वेदकोट नगरपालिका वडा नम्बर -१० का वडाध्यक्ष रतन सिंह विष्ट प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरूको सुखदुःखमा साथ दिने प्रतिबद्धता अनुसार एक पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। दैजी शाखाकी सदस्य रविना रानाका श्रीमानको निधन भएपछि संस्थाले सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत उहाँलाई ६ लाख ५९ हजार सात सय ६७ रुपैयाँ प्रदान गरेको हो। संस्थाले यस किसिमको सहयोगमार्फत आफ्ना सदस्यहरूको जीवनमा आइपर्ने आकस्मिक घटनाहरूमा सहारा बन्दै आएको कुरालाई यस घटनाले थप पुष्टि गरेको छ।

कार्यक्रममा बोल्दै सुपरीवेक्षण विभाग प्रमुख प्रकाश जिसीले संस्थाको गौरवपूर्ण इतिहास र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार वि.सं. २०५२ सालमा जम्मा २५ जना सदस्यबाट सुरु भएको यो सहकारी संस्थाले आज सुदूरपश्चिमका ६ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ। हाल संस्थामा देशभरबाट ८६ हजारभन्दा बढी सेयर सदस्यहरू आबद्ध भइसकेको जानकारी दिँदै जिसीले सदस्य सुरक्षा कार्यक्रमलाई संस्थाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी हाम्रा सदस्यहरूको सुखमा मात्र होइन, दुःखमा पनि प्रत्यक्ष सहभागी भएर साथ दिइरहेका छौँ, यही नै हाम्रो सहकारीको मूल मर्म हो।”

कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिका-१० का वडाध्यक्ष रतन सिंह विष्टले किसान बहुउद्देश्यीय सहकारी संस्थाले समाजको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सहकारीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र विपन्न वर्गका मानिसहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

त्यसैगरी, दैजी शाखाका प्रमुख अनिल चौधरीले शाखाले प्रदान गरिरहेका विभिन्न सेवाहरू र भविष्यमा थप नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चौधरीले सदस्यहरूलाई बचत, ऋण तथा अन्य सेवाहरूमा सक्रिय सहभागिताका लागि आग्रह गर्दै सहकारीलाई थप सबल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

यस्तै, संस्थाका शुक्लाफाँटा इलाका प्रमुख जयशंकर न्यौपानेले तिजको शुभकामना दिँदै यस किसिमका कार्यक्रमहरूले सदस्यहरूबीचको आत्मीयता र एकतालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाविद् र सयौँको संख्यामा सहकारीका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व