कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन फेरि सुरु भएको छ। नदीमा पानीको बहाव बढेपछि यसअघि चार पाङ्ग्रे सवारी साधनको आवतजावतमा रोक लगाइएको थियो।
जिल्ला आपत्कालीन सञ्चालन कक्ष, कञ्चनपुरका अनुसार दिउँसो ४ बजेको मापनमा महाकालीमा पानीको बहाव ९६ हजार क्युसेक पुगेको छ।
सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइने गरिन्छ ।










Discussion about this post