Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री ओलीले विद्या भण्डारी, रवि लामिछाने र संबिधान संशोधन बारे विजयकुमारसँगको अन्तर्वार्तामा के के भने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २, शुक्रबार १५:१८
प्रधानमन्त्री ओलीले विद्या भण्डारी, रवि लामिछाने र संबिधान संशोधन बारे विजयकुमारसँगको अन्तर्वार्तामा के के भने ?
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।

पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले विद्यादेवी भण्डारी, रवि लामिछाने, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र संबिधान संशोधन बारे खुलेर कुरा गरेका छन् ।

विद्यादेवी भण्डारी बारे :

यो गम्भीर प्रश्न हो । यो व्यवस्थासँग, सामाजिक सुप्रबन्धसँग र राजनीतिक प्रणालीको मर्मसँग र यो गणतन्त्रसँग हामीले जो नयाँ स्थापित गरेको व्यवस्था हो, यो कुरासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसकारण यो गम्भीर विषय हो, एउटा । तपार्ईंंले भन्नुभयो, यो अब प्रधानन्यायाधीश, राष्ट्रपति, उपराष्ट्रपति भनेर । प्रधानन्यायाधीशलाई पनि त्यस्मा जोड्न मिल्दैन । प्रधानन्यायाधीश राज्यका अंगहरू मध्ये एउटा अंगको मात्रै प्रमुख हो । राष्ट्रपति भनेको त सिङ्गै देशको, सिङ्गै राज्यका सबै अंगहरूको प्रमुख हो । हुन त, अदालतले पनि त्यसरी ट्रिट गरेको छैन राष्ट्रपतिलाई । अदालत पनि कहिले कहिले दम्ब देखाउन खोज्छ आफ्नो । तर राष्ट्रपति राज्यका सबै अंगहरूको प्रमुख हो । राष्ट्रपति देशप्रति, जनताप्रति र संविधानप्रति उत्तरदायी हुन्छ । उसको खास उत्तरदायित्व अरूपट्टी हुँदैन । र त्यसअन्तर्गत एउटा साझा व्यक्तित्वको रूपमा मर्यादित हुनुपर्ने भएको हुनाले, कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन । राष्ट्रपति हुनुभन्दा अगाडि उसले पार्टी परित्याग गरेको हुनुपर्छ । पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्ट्र प्रमुखको भूमिकामा मैले अभिभावकत्व दिन्छु भन्ने भावका साथ जान्छ र त्यहाँ बसेर त्यही काम गर्छ । राष्ट्रपतिजीहरूले अहिलेसम्म यो अलिकति नयाँ अभ्यास हो र अहिलेसम्म यो नयाँ अभ्यासमा पनि मैले त्यसैगरी काम गरेको देखेको छु । विद्याजीले राष्ट्रपति छँदासम्म त्यस कुरालाई मेन्टेन गर्नुभएको थियो । निष्पक्ष भूमिका र राष्ट्र प्रमुखको हैसियतले संविधानसम्मत ढङ्गले चल्नुपर्ने र संविधानको रक्षक र पालकको हिसाबमा काम गर्ने भूमिकामा उहाँँले राम्रै काम गर्नुभएको थियो । राष्ट्रपति भनेको सेनाको परमाधीपति पनि हो र देशकै एउटा संरक्षकीय भूमिकामा हुन्छ राष्ट्रपति, सबैको साझा । त्यसकारण कहिले कहिले राष्ट्रपतिले पोलिटिकल एक्टिविटी गरे जस्तो देखिन्छ कि दलहरूलाई बोलाएर पनि कहिले कहिले परामर्श गर्ने गर्छ, राष्ट्रपतिले । त्यो यद्यपि राष्ट्रपतिको जरूरीको काम होइन, तर पनि त्यो अभिभावकीय भूमिका अन्तर्गत हामीले ठिकै ठानेका छौं । यो सबैभन्दा बढी रामवरणजीको समयमा उहाँँले बढ्दै गर्नुहुन्थ्यो बोलाउने र गर्ने । पोलिटिकल पार्टीहरूले त्यसलाई मानेकै पनि थिए र त्यो मर्यादा कायम रहनुपर्छ । त्यो गणतन्त्रको मर्यादा कायम रहनुपर्छ । राजा हटाएर हामीले राष्ट्रपतिको व्यवस्था गरेका हौं, राजाको स्थानमा । सरकार, प्रधानमन्त्री त पहिले पनि हुन्थ्यो । अरु सबै कुरा त हुन्थे, राष्ट्रपति हुँदैन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति भनेको उस्तैउस्तै होइन । यो उस्तै उस्तै होला कि जस्तो गरेर कहिले कहिले मानिसहरूले बुझ्छ, त्यस्तो होइन । जगेडा एउटा राखेको मात्रै हो उपराष्ट्रपति भनेको । राष्ट्रपति भनेको बेग्लै चिज हो । भारतमा पनि उपराष्ट्रपतिलाई त राष्ट्रिय सभाको अध्यक्ष बनाउँछ ।

तर राष्ट्रपतिमाथि त्यस्तो हुँदैन । त्यसकारण त्यसबाट, त्यो टीका टिप्पणीबाट माथि रहेको मान्छे फेरि ओर्लिनु वाञ्छनीय हुन्न भन्ने कुरा चाहिँ यसै देखिन्छ । अब यो संवैधानिक प्रश्न होइन, यो कानुनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो र यो नैतिक मूल्यमा आधारित भएर बसाउनु पर्ने थिति हो । अघिल्लो राष्ट्रपति रामवरण यादवजीले यो थिति बसाएको देखिन्छ । यो नैतिक मूल्यमा आधारित भएर थिति बसाउन खोजेको देखिन्छ । अब विद्याजीको हकमा उहाँँले कहाँ, कहाँ परामर्श गर्नुभयो, कतै त गर्नुभयो होला । तर मसँग चाहिँ परामर्श भएन । परामर्श नभइकन पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गइराखेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरुँ ? मलाई सक्रिय राजनीतिमा आउन मन छ । आउन मिल्छ मिल्दैन । आऊं नआऊं देशलाई फाइदा हुन्छ कि हुँदैन । संवैधानिक प्रक्रिया कस्तो हुन्छ अथवा प्रणालीगत हिसाबले के हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले फेरि राष्ट्रपतिबाट फर्केर सक्रिय राजनीतिमा आउँदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ ? यी कुनै पनि विषयमा विचार विमर्श, अन्तर्राष्ट्रिय प्राक्टिस कस्तो अवस्थाको राष्ट्रपतिको के छ, ती कुराहरू, यसमा विचार विमर्श गरौँ भनेर, अब कतिपय देशहरुमा के छ भने राष्ट्रपति फेरि प्रधानमन्त्रीमा आउँछ, प्रधानमन्त्रीमा पावर केन्द्रित गर्छ, फेरि राष्ट्रपतिमा केन्द्रित गर्छ । फेरि राष्ट्रपतिमा फर्किन्छ । यस्तो पनि देखिएको छ । अब कतिपय देशका अनुभवहरू आफ्नै खालका होलान् । तर त्यहाँ राजतन्त्रसँग कुनै सन्दर्भ, सरोकार साइनो सम्बन्ध केही मानिंदै मानिंदैन । राजतन्त्र हुन्छ भन्ने उनीहरुले अरु देशको कुरा सुन्दा हो, त्यो कुनै ताजा स्मरणमा छैन, ती देशहरूमा राजतन्त्र सयौ वर्ष बितिसक्यो । सयौं वर्ष अगाडिदेखि राजतन्त्र नभएका देशहरूमा त्यसको झल्को पनि मान्छेहरू आउँदैन । तर यहाँ त भर्खर राजतन्त्र फालेका छौं र राजतन्त्र पक्षधरहरू उफ्री राखेका छन् । राजतन्त्र फर्काउनुपर्छ, हामी फर्काउँछौ भनेर ज्योतिषीहरू पनि १६ गते असार भित्रमा नल्याए मेरो ज्योतिष विद्या डडाएर फ्याकिदिन्छु भन्ने । म देशै छोडेर हिँड्छु भन्नेसम्मका बाजी राखेर हिंड्छन् ।

यसमा उहाँले अरुसँग मलाई थाहा छैन । म सँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै मौखिक-लिखित केही गर्नु भएन । यसमा पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ । किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो राष्ट्रपतिमा । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति भएपछि राष्ट्रपति हुन भन्दा क्यान्डिडेट हुने भन्ने तय भइसकेपछि उहाँले पार्टी छोड्नु भयो । पार्टी छोडेर नै जानुपर्छ । पार्टी छोड्न भन्दा अगाडि त हाम्रो उपाध्यक्ष नै हो ।

निर्णय त गर्नै पर्छ । उहाँले प्रश्न उठाई सकेपछि र म आउँछु भनेपछि, उहाँले आउन हुन्छ हुँदैन, मोरल्ली हुन्छ हुँदैन । गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनीतिमा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, उहाँँकै जीवनमा के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै ।

उहाँले आफैँले विचार गर्नु पर्ने जस्तो लाग्छ । खोई, के बोलिराख्नु भएको छ । हामीले पनि जानकारी प्राप्त गरेका छौं । उहाँले सार्वजनिक ढंगले बाहिर बोलेका कुराहरू, आउँछु भनेका कुराहरू ती के हुन्, उहाँसँग हामीले सोध्नुपर्छ । अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतमा आउनुहुन्छ भनेर पार्टीले त्यो ठानेको र मानेको नै अवस्था छैन एउटा । दोस्रो उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिले पनि उहाँले लिडरसिपमा बसेर काम गरेको त्यस्तो संगठनात्मक अनुभव छैन ।

गम्भीर विषय छ र पार्टीले त्यस सम्बन्धमा उपयुक्त समयमा निर्णय गर्छ ।

रवि लामिछाने बारे:

ठिक छ, विचाराधीन त सबै हुन्छ नि । विचाराधीनमै प्रवेश नगरेकालाई त विचाराधीनै नभएका विषयहरूमा त संसद व्यवधान अवरोध त फेरि तिनी शक्तिहरूले गरिराखेका छन् त । उनीहरूले विचाराधीन नै छैन कुरा, नितान्त उनीहरूको आरोप मात्रै छ । तर पनि उनीहरूले त बन्द गरिराखेका छन् । जोमाथि बिचाराधिन नै छैन् । त्यहाँ त म यसमा जान चाहन्नँ, विचाराधीन नै छ ।

म यो थेगोमा जान चाहन्नँ । तर के भने देशमा शुद्ध मान्छे छैनन् भन्ने कुरा होइन । भ्रष्टाचार नगर्ने मान्छे पनि छैनन् । यो देशले कपुतै मात्रै जन्माउँछन् ? यो देशमा भ्रष्टै मात्रै जन्मिन्छ, त्यो त हुँदैन, होइन । यो देशमा इमानदार मान्छे पनि छन्, इमानदारीताका साथ काम पनि गर्छन् र एउटा हिप्पोक्रेटिक तरिका, पाखण्ड भन्ने एउटा, गर्ने अर्कै । अनि भ्रष्टाचारको विरोध गरेकोजस्तै गर्ने, अर्कातर्फ भ्रष्टाचारको धुमधाम मच्याउने, एकतिर तस्करी गर्दै गर्ने अर्कातर्फ केही मान्छेलाई यसो कारबाही गरेजस्तो या कसैले पक्री हाल्यो पुलिसले झुकिएर भने त्यसको श्रेय लिन जाने बहुतै उफ्रिने खालको परिपाटी । अहिले सरकारले, अब राज्यले भन्नुहुन्छ भने राज्यले थुनेको हो । राज्यका त अंगहरू छन् नि, निकायहरू छन् नि, तिनले गरेको काम कार्यकारिणीले नै सबै जिम्मा लिंदैन ।

हुनसक्छ, यदि हुन नसक्ने हो भने अहिले जति कारबाही भइराखेको छ नि, त्यो पनि नहुन सक्थ्यो । यदि लहलहीमा कुद्ने हो भने छतबाट मान्छे फ्याँक्दा खेरि पनि ठीकै छ । ड्राइभर मरे पनि ठीकै छ । किनभने मानिसहरू हिरो हिरोइनहरु कुदेर गएर पुलिस कहाँ हाहु गरेर घेराबन्दी गरेपछि पुलिसले छोड्नु पर्छ । मुद्दा लगाउनु हुँदैन । एनार्किज्मबाट सबै कुरा डिसाइड हुन्छ यस देशमा । यही कुरा चलाउने यस पक्षमा म छदैं छैन, स्पष्ट कुरा । सडकले सबै कुरा निर्धारण गर्ने र होलिगानिज्मले, अनि केही दुइ चार हजÞार मान्छे भेला गरेपछि, दुइ चार हजार मान्छेले भनेपछि न्याय हेर्नु नपर्ने, कानुन हेर्नु नपर्ने, कानुनी राज हुनु नपर्ने ।

अनि त्यसैगरी भएका मानिस थुनामा परेका छैनन् ? सहकारीमा ठगी भएका मानिसहरू थुनामा परेका छैनन् ? एउटा कुरा नि, कसैप्रति तपाईको असाधारण एकदम पुत्रस्नेह जागेर आउने, कसैप्रति दुष्मनी बेकारको हुने यो कुरा त उचित होइन नि । जसले जस्तो काम गरेको छ, त्यस अनुसारको कामको फल प्राप्त गर्ने हो । जसले बेठीक गरेको छ, ऊ सबै कुरा फ्रड निस्केको छ भने थुनामा बसेर र कारबाही भोग्नु पर्ने होला । पूर्वपक्षका लागि पनि थुनामा बस्नुपर्ने हुनसक्छ । यो कोर्टले जान्ने कुरा हो । अहिलेको समय भनेको कमसेकम नक्कली मुद्दा लगाएर पनि मलाई १० वर्ष थुनेको थियो । मुद्दा सिध्दिएपछि बाँकी चार वर्ष बिना मुद्दा थुनेको थियो । १० वर्ष अगाडिदेखि बसेको मानिसलाई कमसेकम यहाँलाई पनि एउटा जानकारी होस्, म १४ वर्ष सजाय पारेर बसेको होइन है । सजाय १० वर्ष थियो तर बसेँ १४ वर्ष । १० वर्ष बसिसकेपछि पनि छोडेन । त्यो जमाना अहिलेको होइन ।

के भएर, त्यत्ति मुख छाड्दाखेरि के कारण थियो, मुख छाड्ने नि । कुनै कारण थिएन, तर पनि म माथि मुख छाडिएको थियो । अरुमाथि पनि छाडिएको हुँदो हो । त्यस्तो गर्दाखेरि मैले कुनै शब्द बोलेको पनि छैन । कतै कसैलाई फलानामाथि यस्तो अलि कडा ढंगले हेर्नु यस्तो भनेको पनि छैन । किनभने मलाई के राम्रै थाहा छ भने, म राज्य सञ्चालनमा छु र मैले कुनै कुराबाट दुष्प्रभावित हुदिनँ ।

मेरो कुनै उद्योग बन्द हुन्छ ? के हुन्छ ? अनि अर्को कुरा रविलाई त नेपालमा चिनाएको मैले हो । मैले चिनाएको हो । मैले टेलिभिजन प्रोग्राममार्फत् चिनाएको हो । अर्को पल्ट पनि मैले महत्व दिएर चिनाएको हो । सरकार बन्दा खेरी मैले कोलिशनको अगुवाई गर्दा, लिडरशिपमा त प्रचण्डजी हुनुहुन्थ्यो । त्यस बेला रविलाई उपप्रधानमन्त्री, गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मानिस म हो । म त्यतापट्टी जान्नँ । त्यसको उहाँले अब कसरी के बुझ्नु भयो, के भयो, म त्यता जान चाहन्नँ । तर त्यसभन्दा अगाडि उहाँहरूले के गर्नु भयो, त्यस बेला के गर्नु भयो, त्यो उहाँहरूको जवाफदेहीको कुरा हो, उहाँहरू जान्नु हुन्छ । मैले गरेका कुरा मेरो जिम्मा हुन्छ । उहाँहरूले गरेका कुरा उहाँहरूको जिम्मा हुन्छ । जसले जे गरेको छ, त्यसको जिम्मा त लिनुपर्छ ।

यो बिल्कुल गलत हो । बिल्कुल गलत हो । शेरबहादुरजीले कतै भन्नुभयो जस्तो मलाई लाग्दैन, एउटा कुरा । त्यति धेरै मसिनोगरी ख्याल गर्ने मान्छे पनि शेरबहादुरजी होइन, मैले देखेको र चिनेको शेरबहादुरजीमा । अर्को कुरा के भने, अहिले म सरकार सञ्चालनको जिम्मेवारी लिइराखेका बेला कुनै पनि स्नेहभाव वा वैरभाव कुनै पनि भावबाट कतै पनि प्रभावित हुनुहुँदैन र त्यसबाट कुनै निर्णय निर्देशन गर्नुहुँदैन । त्यो कुरामा म बहुत सचेत छु । म स्नेहभावले पनि चल्दिनँ ।

किन एमालेको नाम भएको हुनाले कसैले पोल्यो त्यसमा, अनि झुटो थियो भने छुट्दैन कि छुट्नु हुँदैन ? कि सन्तुलन मिलाउँदा एउटा भ्रष्टाचारी र अर्को भ्रष्टाचार नगरेको मानिसको सन्तुलन मिलाउन कि दुई वटैलाई छोड्नुपर्छ कि…

त्यो त जासुसहरुको ट्रेडअफ हो । यहाँ एक निर्दोष र एक दोषी फलानु किन छुट्यो ? फलानु किन छुटेन ? यस्तो त कुनै तर्क नै भएन नि ।

एउटा कुरा सुन्नुस् न, टोपबहादुर रायमाझीको कुरा उहाँमाथि बेकारमा पुर्पक्षका लागि थुनामा राखिएको छ । त्यो केस फैसला पनि भएको छैन । यो भन्दा धेरै अगाडिको कुरा हो । उहाँ लामो पोलिटिसियन, लामो समयदेखि पोलिटिस गरेको मान्छे ।

मलाई टोपबहादुरजीको याद चाहिँ आउँदैन, रविको याद आउँछ । यही त छ समाज, जो करायो त्यसको याद आउँछ, जसका पछाडि हुल छ, त्यसको याद आउँछ, जसका पछाडि हुल करायो त्यसको याद आउँछ । समाजले न्याय दिने भनेको को करायो कि कराएन भनेर त होइन होला नि । अनि टोपबहादुर रायमाझीलाई शेरबहादुर देउवा र केपी ओलीले थुनेको हो ? थुन्नु भनेको हो ? अनि अदालत केपी ओली र शेरबहादुर देउवाले भनसुन गरेर अदालतलाई यी सबै काम गराएका हुन् ? त्यसो भएर स्वतन्त्र न्यायालयको व्यवस्था हामीले गरेका छौं, स्वतन्त्र न्यायालय स्वतन्त्र ढंगले काम गरेको छ । कतिवटा मलाई चित्त बुझ्ला, कतिवटा नबुझ्ला, नबुझ्दैन कतिवटा काम । तर पनि स्वतन्त्र न्यायालय हो । म के गरुं । अब अर्को कुरा, मेरो जहाँसम्म प्रश्न छ– मैले वैरभाव वा मित्रभाव बिना सरकारमा बसेर काम गर्छु भनेर तपार्ईंलाई भनें । मेरो कुरा त्यो हो । अब, रवि थुनिन भन्दा अगाडि नै पनि वक्तव्य भिडियो तयार गरेर राखेका थिए, गिरफ्तार हुनुभन्दा अगाडि । त्यो किन गरेका थिए भन्दा एक स्टंटवाजी थियो । यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर । आज कसैलाई केही रिस उठ्यो नि, तपाईको घरमा अब खाना बनाउँदा अलिकति नुन बढी भयो, दुईपल्ट हालिए छ झुक्किएर भने केपी ओलीलाई गाली गरेर चित्त बुझाउने तरिका यसरी त कुनै कुरासँग, विषयसँग सम्बन्धित नै हुँदैन ।

संबिधान संशोधन बारे:

त्यो एकदम ठीक कुरा हो तर यहाँ प्रश्न के छ भन्ना कांग्रेस र हाम्रो मात्रै पनि दुईतिहाई पुग्दैन । अरू सरकार बनाउनेमा सहमत हुनु र संविधान संशोधनका इस्युमा सहमत हुनु बेग्लै कुरा हो । अहिले सामाान्य भूमि विधेयकमा त हामीलाई कत्रो कसरत गर्नु परेको छ । अर्को कुरा, अहिले त यो कोलिसन छ भने नै हामी संविधान संसोधनको कुरा गर्न सक्छौ । त्यसो भएर संविधान संशोधनमा जान भन्दा अगाडि पहिले कोालिसनको ग्यारन्टी गर्नुपर्यो र संविधान संशोधनको कुरा गर्नु पर्यो, होइन र ?

एउटा कुरा के हो भने, कामकुरा एकातिर कुम्लो बोकी थिमीतिर भनेजस्तो असान्दर्भिक ढंगले नहुने परिस्थितिमा, नहुने कुरामा बहस चलाएर मान्छेहरूलाई विभाजित गर्नुको केही अर्थ हुँदैन । हामीले संशोधन गर्ने भनेर कांग्रेस र हामीले दोस्रो बुँदामै लेखेका होउँ । तर हामी हेरिराखेका छौं । हामी हिसाब गरिराखेका छौं । के अहिले हामी संविधान संशोधन गरी हाल्न सक्ने अवस्था मा छौ त ? भन्दाखेरि त्यस खालको अवस्था छैन । हामीले संसद हेर्नु पर्यो, संसदको स्थिति हेर्नु पर्यो, संख्या हेर्नु पर्यो । यी सबै कुरा हेर्नु पर्यो । अनि विभिन्न खालका फोर्सेस तिनको अवस्था हेर्नु पर्यो र तिनका अडान दृष्टि कोणाहरूको परिवर्तनको सम्भावना हेर्नु पर्यो । यो सबै कुरा हेरेर मात्रै अगाडि बढ्नु पर्यो । अर्को के भने, तपार्ईंलाई भनौं, हामीले संविधान सभाबाट संविधान बनाउन खोज्यौं, एउटा संविधानसभा फेल भयो । एउटा संविधानसभा किन फेल भयो भने त्यो संविधान सभा थियो । त्यसकारण फेल भयो । यदि त्यो संविधानसभा हुँदैन्थ्यो, त्यो कमिसन हुन्थ्यो भने त्यो फेल हुन्थेन । त्यसो भएर यो संविधान सभा त अब धेरै खालका स्वार्थहरु थिएन नि । संविधान बन्न नदिने अनि हलो अड्काउने अनि गोरु चुट्ने भन्छ नि, त्यस्तो गरेर संविधानसभा त भंग त भयो नि एकपल्ट । त्यसलाई अनेक जुक्तिहरू निकालेर बनाउन सकिंदो हो । त्यसपछि पनि संविधान बनाउने प्रश्न त सजिलो त प्रश्न त थिएन । संविधान बनाऊ भन्दै खेरि त मैले त माइको झट्टी नै खाएको हौ नि । शारीरिक हमला पनि भएको हो त पालिरामेन्टभित्र । त्यसकारण संसदभित्र संविधान बनाउन भन्दा पनि त्यसलाई एउटा प्रयोगको थलो बनाउने मनसाय पनि थियो नि मानिसहरूको । पछि अर्को परिस्थितिमा अर्को मनसाय बन्यो होला । ती आफ्ना ठाउँमा छन् । त्यसो भएर हामीले संविधान संशोधन गर्नुपर्छ । संविधान भनेको गतिशील दस्तावेज हो । गतिशील बनाउनै पर्छ । त्यसका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्छ । त्यसमा हामीले ध्यान दिइराखेका छौं । मौकाको सदुपयोग गर्न सकेन भन्ने कुरा होइन । अब तपार्ईंले अघि भन्नुभयो, गल्ती स्वीकार गर्दैन, कमी कमजोरी आफ्नो रियलाइज गर्दैन भनेर । कमी कमजोरी छ नि त, दुई तिहाई मेरै आगुवाइमा, मेरै पहलमा दुई तिहाइको पार्टी बनाइएको थियो । त्यो टिकाउन सकिएन । टिकाउन किन सकिएन भन्दा अब आफू भन्दा बलियोसँग लड्न सकिएन र पछारियो । मैले म एकदम विजेता हुँ त भनेको छैन नि । मैले हानेका गोलपोस्टमा सबै जान्छन् भन्न सकिंदैन भनेर अघि नै मैले भनेँ । मलाई कहिले कोर्टले हराउँछ । कहिले अरूले हराउँछन । कहिले कुन शक्तिले कसलाई लगाएर प्रहार गर्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने
राजनीति

एमाले महाधिवेशनमा प्रतिनिधि सात आधारमा छनोट हुने

२०८२ श्रावण २, शुक्रबार १५:१८
महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ:  कोइराला
राजनीति

महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ: कोइराला

२०८२ श्रावण २, शुक्रबार १५:१८
प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट
राजनीति

प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट

२०८२ श्रावण २, शुक्रबार १५:१८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ श्रावण २, शुक्रबार १५:१८
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ श्रावण २, शुक्रबार १५:१८
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ श्रावण २, शुक्रबार १५:१८
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ श्रावण २, शुक्रबार १५:१८
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ श्रावण २, शुक्रबार १५:१८
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८२ श्रावण २, शुक्रबार १५:१८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व