कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आजदेखि शुभ आनन्द आयुर्वेदिक फार्मेशी सञ्चालनमा आएको छ।
महेन्द्रनगरको गल्ली नम्बर ३ मा एक कार्यक्रमका बिच महाकाली आयुर्वेदिक अस्पतालका वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. सुर्या उपाध्यायले फार्मेशीको समुद्घाटन गर्नुभएको हो।
आम ग्राहकहरूको मागलाई सम्बोधन गर्दै आयुर्वेदिक औषधिसँगै विशेषज्ञ चिकित्सकको सुविधा दिने उद्देश्यले फार्मेशी सञ्चालनमा ल्याइएको सञ्चालक अन्जु धानुकले बताउनुभयो। धानुकका अनुसार, फार्मेशीमा सबै प्रकारका आयुर्वेदिक औषधिहरू उपलब्ध हुनेछन्।
कोरोना महामारीपछि आयुर्वेदिक औषधिको प्रयोगसम्बन्धी जनचेतना बढेको र यसको माग पनि बढ्दै गएको धानुकको भनाइ छ। आयुर्वेदिक औषधिको प्रयोगले कुनै साइडइफेक्ट नहुने भएकाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको उहाँले दाबी गर्नुभयो।
शुभ आनन्द आयुर्वेदिक फार्मेशीले वृद्ध भत्ता प्राप्त गरेका वृद्धवृद्धाहरूलाई निःशुल्क फिजियोथेरापी सुविधा समेत प्रदान गर्ने जनाएको छ।










Discussion about this post