Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको लालझाडी गाउँपालिकाका युवालाई विपद् स्वयंसेवक तालिम प्रदान

प्रकाश भट्ट by प्रकाश भट्ट
असार १६, २०८२
कञ्चनपुरको लालझाडी गाउँपालिकाका युवालाई विपद् स्वयंसेवक तालिम प्रदान
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाका युवाहरूलाई लक्षित गरी २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे. क्चा. शैलेश्वरी कञ्चनपुर र लालझाडी गाउँपालिकाको सहकार्यमा यो तालिम सञ्चालन गरिएको हो। विपद्को उच्च जोखिममा रहेको लालझाडीका बासिन्दालाई विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले यो विशेष तालिम आयोजना गरिएको थियो।

तालिममा लालझाडी गाउँपालिकाका २१ जना युवाले सक्रिय सहभागिता जनाएका थिए। सोमबार एक विशेष कार्यक्रमका बीच तालिमका प्रशिक्षकहरू र सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरी तालिमको औपचारिक समापन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे. क्चा. शैलेश्वरी कञ्चनपुरका गणपति लोकेन्द्र देव भट्टका अनुसार, यो तालिम विपद् व्यवस्थापनका विभिन्न पाटोहरू समेट्ने गरी डिजाइन गरिएको थियो। सहभागीहरूलाई प्रकोप र विपद्बारे विस्तृत जानकारी, विपद्का बेला अपनाउनुपर्ने सावधानी, विपद् न्यूनीकरणका उपायहरू, विपद् पूर्वतयारी योजना निर्माण, प्राथमिक उपचार विधि, घाइतेलाई सुरक्षित स्थानान्तरण, सीपीआर (CPR) दिने तरिका, प्राथमिक उपचार सामग्रीको प्रयोग, आगलागी नियन्त्रण, बाढीमा परेका मानिसको उद्धार, फायर फाइटिङ, र्याफ्टिङ र क्लाइम्बिङ लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले तालिमले लालझाडीका युवाहरूलाई विपद्को बेला अग्रपंक्तिमा खटिन सक्ने गरी तयार पारेको बताउनुभयो। उहाँले स्थानीयस्तरमा प्रशिक्षित स्वयंसेवकहरूको उपलब्धताले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिका विपद्को उच्च जोखिममा रहेकाले यस्ता तालिमको आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाका लागि यो तालिम निकै महत्त्वपूर्ण छ। विपद् आउँदा सबैभन्दा पहिला स्थानीय बासिन्दा नै खटिनुपर्ने हुन्छ, त्यसैले उनीहरूलाई प्रशिक्षित गर्नु हाम्रो प्राथमिकता हो।”

एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्टले विपद् पूर्वतयारी र पूर्वप्रतिकार्यमा स्वयंसेवकहरूको भूमिका अतुलनीय हुने बताए। “समयमै सूचना आदानप्रदान र पूर्वतयारीले ठूलो क्षतिबाट बच्न सकिन्छ। यी स्वयंसेवकहरूले त्यो काममा महत्त्वपूर्ण भूमिका खेल्नेछन्,” उनले भने।

त्यस्तै, लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले तालिमका सहभागीहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विपद् प्रतिकार्यका लागि ५ थान लाइफ ज्याकेट समेत प्रदान गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व