धनगढी। सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निःशुल्क प्लास्टिक सर्जरी (अप्रेशन) शिविर सञ्चालन हुने भएको छ।
अस्पतालले ‘फेक्ट नेपाल’ तथा काठमाडौँको कीर्तिपुर अस्पतालको सहकार्यमा विशेष सर्जरी शिविर आयोजना गर्न लागेको हो।
शिविरमा ओठ तथा तालु (मुखभित्र जिब्रो भन्दा माथी) चिरिएका, आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग टाँसिएको, जन्मजात औंला ल जोडिएका वा बढी भएका, ओठ तथा मुख भित्र पहिला अप्रेशन गरेर पनि समस्या बाँकी रहेका, तथा अन्य जटिल प्लास्टिक सर्जरीको आवश्यकता भएका बिरामीहरूको निःशुल्क अप्रेशन गरिनेछ।

शिविरका लागि बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण २०८२ साल असार ९ गते बिहान ९ बजे देखि सेती प्रादेशिक अस्पतालमा हुने जनाइएको छ। जटिलता भएका, पूर्व सर्जरी गरिसकेका वा अन्य परामर्श आवश्यक बिरामीहरूलाई प्रारम्भिक सल्लाह पनि निःशुल्क दिइनेछ।
शिविरमा सहभागी हुन चाहने व्यक्तिहरूले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ: 📞 ९८५८२०८०६०, ९८२७८३७३७७, ९८२७३३३३३५











Discussion about this post