Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १०, २०८२
गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले भेट गरी मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरूको समाधानका लागि पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले अटोमोबाइल उद्योगमा देखिएका व्यवहारिक चुनौतीहरू, नीतिगत असमञ्जस्यता, र वित्तीय पहुँचको अभावका कारण उद्योगमा परेको असरबारे गम्भीर छलफल गर्दै सुधारका उपायहरू प्रस्तुत गरेको हो।

प्रस्तुत गरिएका पाँच प्रमुख सुझावहरू:
१. अटो ऋणको व्यवहारिक कार्यान्वयन सुनिश्चित गरियोस्:

राष्ट्र बैंकले अटो ऋण खुला गर्ने निर्णय लिएको एक वर्ष बितिसक्दा पनि व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको हुँदा तत्काल स्पष्टता र कार्यान्वयनको माग गरियो।

२. कर्जा-उपलब्धता अनुपात (LTV) न्यूनतम ७० प्रतिशत पुर्‍याइयोस्:
हालको ५० प्रतिशत सीमा ग्राहक र व्यवसाय दुवैका लागि अवरोध बनेकोले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टमा यो अनुपात यथार्थपरक बनाउन आग्रह गरियो।

३. कर्जामा व्यवहारिक लचकता कायम गरियोस्:
हालको कडाईयुक्त कर्जा नीतिका कारण तलबआधारित वा मध्यमवर्गीय ग्राहकले ऋण पाउन गाह्रो भएको भन्दै यसमा लचकता ल्याउनुपर्नेमा जोड दिइयो।

४. विद्युतीय र प्रिमियम सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस्:
देशको दिगो ऊर्जा तथा वातावरणीय लक्ष्यलाई मद्दत पुर्‍याउने उद्देश्यले विद्युतीय र हाइब्रिड सवारीका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरियो।

५. निष्पक्ष वित्तीय प्रणाली सुनिश्चित गर्न नियमन कडाइ गरियोस्:
बैंक तथा डिलरबीचको गठजोडका कारण ग्राहकलाई तोकिएको बैंकमार्फत मात्र ऋण लिन बाध्य बनाउनेजस्ता व्यवहार रोक्न राष्ट्र बैंकले प्रभावकारी नियमन गर्नुपर्ने माग गरियो।

दीर्घकालीन नीति निर्माणमा सहकार्यको प्रस्ताव
छलफलका क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्र नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन आवश्यक रहेको बताए। उपाध्यक्ष राजनबाबु श्रेष्ठले राष्ट्र बैंकको सहकार्यमा दीर्घकालीन आर्थिक नीति निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रस्ताव पनि राखे।

गभर्नर डा. पौडेलले नाडाका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने बताउँदै आवश्यक विषयमा छलफल तथा समन्वय गरिने आश्वासन दिए।

भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको पनि उपस्थिति थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।
अर्थ/ब्यापार

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

असार १०, २०८३
११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

असार १०, २०८३
नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व