Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा नगरका मेयर महराको तीन वर्षे कार्यकाल: सडक स्तरोन्नतिदेखि किसानलाई लालपुर्जा वितरणसम्म

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ५, २०८२
शुक्लाफाँटा नगरका मेयर महराको तीन वर्षे कार्यकाल: सडक स्तरोन्नतिदेखि किसानलाई लालपुर्जा वितरणसम्म
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले निर्वाचित भएको तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। २०७९ सालको स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित रणबहादुर महरा नेतृत्वको नगरपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा भएका प्रगति विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

मेयर महराले तीन वर्षे कार्यकालमा जनतासँग गरिएका वाचा अनुरूप विकास निर्माणका कार्यहरू अगाडि बढेको बताए। उनले कतिपय योजना सम्पन्न भएको र कतिपय निरन्तर रूपमा अघि बढिरहेको जानकारी दिए। नगरको खानेपानी चक्रपथ योजना तीव्र गतिमा अघि बढिरहेको र नगरस्तरीय कभर्डहल निर्माण सम्पन्न भएको उनले बताए।

पालिकाले पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको जनाएको छ। नगरका १२ वटै वडामा सडक कालोपत्रे तथा स्तरोन्नति गरिएको छ। यस अवधिमा ३०० सडक बत्तीमा ११ वटा सोलार बत्ती जडान गरिएको छ भने सिँचाइका लागि ६६ वटा बोरिङ निर्माण गरिएको छ। दुई वटा मल्टिस्पान पुल निर्माण सम्पन्न भएका छन् भने नगर अस्पतालको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।

भूमि व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले ८६ जना किसानलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। वडा नम्बर १, २, ३, ९ र १२ मा ऐलानी जग्गा नापजाँच गरिएको छ।

सामाजिक विकासतर्फ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २५३ विपन्न परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ। योग भवन निर्माण गरिएको छ भने पर्यटकीय क्षेत्र मणिकाधाम बतासे झरनामा ३.५ किलोमिटर पदमार्ग निर्माण भएको छ।

कृषि क्षेत्रमा तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ। गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ भने ३ हजार ३ सय ३७ जना नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ। पशुपालन क्षेत्रमा निःशुल्क खोप र कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको छ भने छाडा पशुचौपाया व्यवस्थापनलाई निरन्तरता दिइएको छ।

नगरपालिकाले संस्थागत क्षमता विकासमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रदेशमै प्रथम भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ। न्याय समितिले पनि यस अवधिमा दर्ता भएका अधिकांश विवाद फछ्यौट गरेको छ।

रोजगारी सिर्जनामा पनि नगरपालिकाले काम गरेको छ। ७६५ युवालाई रोजगारी प्रदान गरिएको छ भने ८४ वटा नयाँ व्यवसाय दर्ता भएका छन्। कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी सामुदायिक विद्यालयका भवन निर्माण गरिएको छ।

शुक्लाफाँटा नगरपालिकाका उपमेयर कमला पन्तले निर्वाचित भएदेखि नै निष्पक्ष रूपमा जनताको वृद्धि विकासका लागि काम गरेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरूप विकास निर्माणका योजनाहरू फछ्यौट गरिएको जानकारी दिए।

नयाँ संविधान निर्माणपछि दोस्रो स्थानीय सरकार गठन भएपछि शुक्लाफाँटा नगरपालिका तीन वर्षे कार्य उपलब्धि सार्वजनिक गर्ने कञ्चनपुरकै पहिलो स्थानीय तह बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व