काठमाण्डाै – शेयर बजार लगातार पाँचौं कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९८ अङ्कले घटेर २ हजार ६ सय १० दशमलव ४० विन्दुमा झरेको छ ।
आज होटल, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।
आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन्स सुपर ३० म्युचल फन्ड, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ७ अर्ब ६३ रुपैयाँमा किनबेच भएको छ ।
Discussion about this post