कञ्चनपुर । लोकप्रिय गायक चिरञ्जिबी रानाले आफ्नो बहुप्रतीक्षित नयाँ गीत ‘तिम्रो मुस्कान’ सार्वजनिक गरेका छन्। यो गीत उनको सुमधुर स्वर, गहिरा र हृदयस्पर्शी शब्दहरू तथा उत्कृष्ट सङ्गीत संयोजनको एक सुन्दर नमुना हो। गीतको स्वर, शब्द र सङ्गीत सबै रानाले आफैँले सिर्जना गरेका छन्, जसले उनको बहुआयामिक प्रतिभालाई स्पष्ट रूपमा झल्काउँछ।
‘तिम्रो मुस्कान’ रानाको आगामी एल्बम ‘सन् २०२५’ को तेस्रो गीत हो। यो एल्बममा अन्य थुप्रै मन छुने र भावनात्मक गीतहरू समावेश छन्, जसलाई उनले क्रमशः सार्वजनिक गर्ने योजना बनाएका छन्। गीतमा रत्न फ्लुटको मधुर बाँसुरी र पुरस्कार खडकाको गीतारको संयोजनले स्रोतालाई मन्त्रमुग्ध पार्ने निश्चित छ।
रानाको यो गीतले सङ्गीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। उनको यो सिर्जनाले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।