कञ्चनपुर । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा माघ १५ देखि माघ २६ गतेसम्म सञ्चालित “सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१” अन्तर्गत आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनज्योति स्कुलले प्रमाणपत्र, ट्रफी र नगद रु १०,००० जित्न सफल भएको हो। शनिबार सम्पन्न महोत्सवको समापन कार्यक्रममा विद्यालयलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयको सफलतामा खुसी व्यक्त गर्दै आयोजकले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ। यस अवसरमा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले आयोजकप्रति आभार व्यक्त गरेका छन्।
महोत्सवले सुदूरपश्चिम क्षेत्रको कृषि, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा योगदान दिने विश्वास गरिएको छ। प्रतियोगितामा २१ विद्यालय सहभागी भएका थिए। जसबाट उत्कृष्ट प्रदर्शन गर्दै जनज्योति प्रथम, मर्निङ ग्लोरी स्कूल द्वितीय र वेस्टर्न स्कूल तृतीय भएको छ।
जनज्योतिले प्रतियोगितामा सुदूरपश्चिमको महान गौरा पर्वको नृत्य प्रस्तुत गरेको थियो। जसमा सुदूरपश्चिमको मौलिक संस्कृति समेत झल्किएको थियो। दर्शकहरूले समेत जनज्योति स्कूलको नृत्य खुबै रुचाएका थिए।