Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडोयाममा फलफूल बगैँचाको स्याहार कसरी गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २८, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जाडोयाममा फलफूल स्याहारका लागि विभिन्न सुझाव दिएको छ । नार्क अन्त्रगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत फलफूल बाली स्याहारका लागि बोट वरिपरि छापोको व्यवस्था गर्न, फलफूल बगैँचामा सिँचाइको व्यवस्थापन गर्न लगायत विभिन्न सुझाव दिइएको हो ।

सुख्खायाम सुरु भएकोले माटोमा चिस्यान कायम राख्न फलफूलको बोट वरिपरि छापोको व्यवस्था गर्नुहोस् ।
पतझर फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको ) खनी करिब एक महिना सुकाउनुहोस् । सो खाडलमा सुकेका पातपतिङ्गर तथा झारपात राखी जलाउनुहोस् । यसो गर्नाले खाडलमा भएका कीटाणुहरू तथा कीराका फुल नष्ट हुन्छन्।

सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाइको व्यवस्थापन गर्नुहोस्। साथै चिस्यान संरक्षण गर्न स्याउला, घाँसपात वा कालो प्लास्टिकको छापो राख्नुहोस् ।

सबै किसिमका फलफूलहरूमा काँटछाँट गर्दा बनेका घाउहरू तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोर्डोपेष्ट (१०० ग्राम नीलोतुथो, १०० ग्राम चुन प्रति लिटर पानी) बनाई लगाउनुहोस्।

केराको काइँयो बनिसकेपछि बुङ्गो काटेर हटाउनाले कोसाहरू प्रस्ट भई घरीको तौल बढ्ने हुँदा नियमित अवलोकन गरी बुङ्गो हटाउनुहोस् ।
केरामा फल लागिसकेपछि केराको घरीमा १ प्रतिशत बोर्डेक्स मिश्रण (एक लिटर पानीमा १० ग्राम चुन, १० ग्राम नीलोतुथो मिसाएको झोल) वा कपरयुक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई कोत्रेरोगको व्यवस्थापन गर्नुहोस् ।

केराको बोट ओइलाउने ( पानामा रोग) देखिएमा रोग लागेको बोट बिरुवा उखेलेर हटाउने, नयाँ बिरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभिष्टिन) १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्कने गर्नुहोस् ।

फलफूल बगैँचामा रोग, कीरा लागेका, एक आपसमा जोडिएका, सुकेका, लामा–लामा काँडा भएका तथा सलक्क बढेका चोर हाँगाहरू, कलमी भाग भन्दा तलबाट आएका मुनाहरू र बिरुवाको मूल काण्डको ४०–५० सेमी भन्दा तल आएका सबै हाँगाहरू काँटछाँट गरी हटाउनुहोस् ।
प्रायः जसो फलफूल बालीमा कालो ध्वाँसे ढुसी देखिएमा १५ एम.एल. खनिज तेल प्रति लिटर पानीमा घोली एक हप्ताको फरकमा ढुसी लागेको भाग भिज्नेगरी छर्कनुहोस् ।

सुन्तालाजात फलफूलको बोटमा क्यांकर जीवाणुको सङ्क्रमण भएमा पात, डाँठ र फलको बाहिरी भागमा साना–साना सेता थोप्लाहरूको आकार बढ्दै गई खैरो रङ्गका खटिरा जस्ता थोप्लाहरू देखिन्छन् । यसको व्यवस्थापनको लागि जीवाणुको सुरुवाती अवस्था डाँठमा,पातमा, फलमा, सङ्क्रमणबाट ग्रस्त सबै हाँगा, पातहरू हटाई जलाइदिनुहोस् । बोटमा कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी कासुगामाइसिन १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्कनुहोस् ।

सुन्तला जातको फलफूल बालीहरूमा पात खन्ने कीराको नोक्सानी कम गर्न ४ भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल १ भाग मिसाई ५ दिनको फरकमा ३ पटक छर्कनुहोस् ।

साथै व्यावसायिक खेती गर्ने कृषकहरूले रोग र इमामेक्टिन बेन्जोएट ५प्रतिशत एस. जी. ०.४ ग्राम प्रति लिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्कनुहोस् ।

सुन्तला जातका फलफूल बालीमा हरियो गन्हाउने पतेरो कीराको आक्रमणले फल झर्ने समस्या देखिएमा यस कीराको व्यवस्थापनको लागि कीराको अण्डा अवस्था, पहिलो, दोस्रो र तेस्रो बच्चा अवस्थामा रहेकै समयमा इमिडाक्लोप्रिड १७.८ प्रतिशत एस. एल. नामक विषादी ०.५ एम. एल. प्रति लिटर पानीको दरले मिसाएर १५–१५ दिनको अन्तरमा पुरै बोट भिज्नेगरी छर्नुहोस्।

कागती वा निबुवा खेती गर्नुभएका कृषकहरूले कागतीको पात खन्ने सुलसुले लाग्ने भएकोले करेसाबारीमा भएका बोटमा गाईको गहुँत वा निमको पातको झोल १ भागमा ३ भाग पानी मिसाई ५–५ दिनको फरकमा ३ पटक छर्नुहोस् ।

व्यावसायिक कागती खेती गर्ने कृषकहरूले डाईमेथोएट ३०प्रतिशत ई. सी. १.५ एम. एल. प्रति लिटर पानीमा घोलेर सात दिनको फरकमा ३ पटक छर्नुहोस् । तापक्रम कम हुँदै जाँदा यो समयमा फलफूल बाली (मेवा, आँप, एभोकाडो आदि) का बोटमा मिली बगको प्रकोप हुने भएकोले बगैँचाको नियमित अवलोकन गर्नुहोस् । यसको व्यवस्थापनको लागि बगैँचाको सरसफाइमा ध्यान दिनुको साथै बोटको मूल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि रेजिन वा ग्रीजमा अडीर (कास्टर) को तेल मिसाएर लगाएमा वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लास्टिक बोटको फेदमा बाँधनाले कीराहरू उक्लेर जान सक्दैनन् । साथै खनिज तेल १०–१५ एम. एल. प्रति लिटर पानीमा घोली बोटको फेद (मिली बग भएको स्थान) भिज्नेगरी छर्कँदा यसको नोक्सानी कम हुन्छ ।

आँपमा आँपको विकृति (म्याङ्गो मालफर्मेसन) देखिएका छन् भने रोगी कलिला हाँगाहरू काटछाँट गरेर जलाउनुपर्दछ । साथै १ ग्राम एनएए (न्याप्थालिन एसिटिक एसिड) प्रति ५ लिटर पानीमा घोली बोटको पात भिज्नेगरी छर्कनुहोस् । एनएए घोल तयार गर्दा अँध्यारोमा गर्नुहोस् अन्यथा सूर्यको किरणले हर्मोनको असर निस्तेज गरिदिन्छ ।

स्याउमा लाही कीराको प्रकोप कम पार्न बगैँचामा परजीवी कीरा एफिलिनस मालीको संरक्षण, संवर्धन गर्नुहोस् ।
स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल १० देखी १५ एम. एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात–सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस् ।

ड्रागन फ्रुटको फल र डाँठमा लाग्ने क्याङ्कर रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एम. एल. प्रति लिटर पानीमा वा भ्याकोमिल प्लस ५०प्रतिशत डब्लु.पी., २ ग्राम प्रति लिटर पानीको दरले १५ दिनको फरकमा ३–४ पटकसम्म छर्केर उपचार गर्नुहोस् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व