सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्यारालाइसिस कसलाई र किन हुन्छ ?

प्यारालाइसिस ४० वर्षमाथि उमेरकालाई लाग्ने सम्भावना हुन्छ । तर पछिल्लो समयमा कम उमेरमा नै देखिने प्रेसर, सुगर लगायत बिरामी बढेसँगै यो रोगको जोखिम पनि ४० वर्ष उमेर अगावै देखिन सक्ने न्यूरो इन्टरभेन्सनिस्ट डा. सुवास फुयाँल बताउँछन् ।

‘सुगरका बिरामीलाई पनि यो समस्या हुने सम्भावना हुन्छ । सुगरको औषधि सेवन गर्नु भएन भने पनि यो समस्या हुने देखिन्छ ।’ उनी भन्छन्, ‘रगतमा भएका सुगरको मात्रा दिमागको नसामा गएर जम्ने हुन्छ । यसले दिमागको नसा बन्द हुने समस्या आउँछ ।’

उनका अनुसार प्रेसरका बिरामीलाई प्रेसर परीक्षण गरिएको छैन, प्रेसर परीक्षण गरेर पनि नियमित औषधि सेवन गरेका छैन, भने पनि प्यारालाइसिस हुने सम्भावना रहन्छ । ‘प्रेसर दिमागको नसामा पुग्छ । ती नसा खुम्चिँदै गएर बन्द हुन्छ । यसले प्यारालाइसिस गराउँछ’ उनले भने ।

मोटोपना भएका व्यक्तिमा यो रोग लाग्न सक्ने उनी बताउँछन् । त्यसैले मोटोपना बढी भएका व्यक्तिले नियमित रूपमा व्यायाम गर्न सुझाउँछन् । यस्तै, धूम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोगको जोखिम बढी हुन्छ । ‘मुटुले रगत फालेर शरीरका विभिन्न ठाउँमा पुर्‍याउने गर्छ । तर मुटुमै समस्या भएमा रगत राम्रोसँग फ्याँक्न सकेन भने रगत जमेर ढिक्का बन्छ’ उनी भन्छन्, ‘रगत ढिक्का बन्न नदिन मुटु रोगका बिरामीलाई रगत पातलो बनाउने औषधि दिइन्छ । त्यो औषधि नियमित सेवन नगरेमा रगत जम्छ । रगतको ढिक्का उछिट्टिएर दिमागका अन्य नसामा गएर बन्द भइदिन्छ । यिनै कारणले गर्दा प्यारालाइसिस, पक्षाघात तथा स्ट्रोकको समस्या देखिन्छ । ’

Mahakali Polytechnic

डा. फुयाँलका अनुसार पछिल्लो समय साना उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । किनकि सुगर, प्रेसर लगायत रोगहरू बढ्दो उमेरमा देखिन्थ्यो तर पछिल्लो समय आएर ‘स्ट्रोकिङ योङ्ग’ पनि भनिन्छ । ‘मैले २० वर्षको मानिसलाई पनि उपचार गरेको छु । ९२ उमेरकालाई पनि उपचार गरेको छु ।’ उनी भन्छन्, ‘२०/२२ वर्ष उमेरकालाई पनि यो रोग हुन थालेको छ ।’

World Link Ads

कम उमेरमा प्यारालाइसिस हुनु तनाव पनि एक कारण रहेको सुनाए । ‘समयमा सुत्दैनन् । मानिस ७ देखि ९ घण्टा सुत्नु पर्छ । तर तनाव लिन्छौँ, यो सबै कुराले पनि स्ट्रोक गराउँछ’ उनले भने, ‘अहिले १०० जनामध्ये १५ जना ४० वर्षभन्दा कम उमेरकालाई स्ट्रोक भएको पाइन्छ ।’ रातोपाटी बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds