सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार २१ अङ्कले घटेको दिन ५ वटा कम्पनीको शेयरमा नकारात्मक ‘सर्किट’

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६ सय नौ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन महिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ३६ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड १० लाख कित्ता शेयर पाँच अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds