सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनआईसी एशिया बैँकद्वारा धनगढीका कुँवरलाईलाई घातक रोग बिमा बापत १० लाख हस्तान्तरण 

कैलाली । घातक रोगबाट उपचाररत धनगढीका दिल बहादुर कुँवरलाई एनआईसी एशिया बैङ्कले बिमा गरे बापत बिमा रकम सहयोग गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का कुँवरलाई घातक रोग बीमा वापत एनआईसी एसिया बैङ्कले रू १० लाख उपलब्ध गराएको हो । 

कुँवरलाई एनआईसी एशिया बैङ्क सुदूरपश्चिम प्रदेशका प्रमुख जीवन शाहीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्युरेन्स कम्पनीको सहकार्यमा उक्त बीमा वापतको लाभ प्रदान गरिएको बैङ्कले जनाएको छ। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds