सारा दुनियाँ बदलेको जस लिन खोज्नु हुँदैन
अपजस जति सबै अरुलाई दिन खोज्नु हुँदैन
भुँइ टेक्नुपर्छ, धर्ती हेर्नू पर्छ के गरेको यसरी
सधैं कागजको संसारमा उभिन खोज्नु हुँदैन
मान्छेहरू पढ्न लेख्न थालेका छन् बुझ्छन्
कसैले जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन
रहरहरू पनि कस्ता हुन्छन् मान्दैनन् भनेको
आफै हौसिएर जबर्जस्ती दबिन खोज्नु हुँदैन
जति ऊ जिम्मेवार छ त्यति नै तिमी पनि छौ
हो आफै उफ्रिएर आफै सकिन खोज्नु हुदैन
यो मेसिन हो मान्छे होइन चाल हेर्दै बुझ्नुपर्छ
हे मूर्ख! अचानोमा गएर काटिन खोज्नु हुँदैन
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post