यस्तै रहेछ निराश हुनु हुँदैन आशा मार्नु हुँदैन
उड्नु छ भने आकाशमा स्वयंलाई बार्नु हुँदैन
डर छैन हार्ने के छ र हार्नु लडाइँमा कसैसँग
तर मलाई यति थाहा छ आफूसँग हार्नु हुँदैन
गल्ती हुँदैन बाँच्नको लागि गरिएको अपराध
हे मूर्ख स्वयं गल्ती गरेर भगवान पुकार्नु हुँदैन
लड्नु पर्छ जिन्दगी लडाइ हो बुझिराख तिमी
तर कसैको कमजोरीमाथि खेलेर बिगार्नु हुँदैन
मलाई गर्व छ मैले बुझेको शिक्षामा बुझेको छु
परिस्थितिले कमजोर भएकोलाई लतार्नु हुँदैन