Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलले चम्कियो खुद्रा व्यापार : ‘क्यानलाई धन्यवाद !’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २२, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सुश्मिता वानिया (नेपाल न्यूज बैंक), काठमाडौं । विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेर्ने गरिन्छ । छिमेकी देश भारतमा हुने आईपीएल नेपालका लागि झन बलियो उदाहरण हो । मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरुको ठूलो प्रभाव रहने गरेको पाइन्छ ।

कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)मा ठूला व्यापारिक घराना र वित्तिय संस्थाहरुले ठूलो लगानी गरिरहेका छन् । विज्ञापन बजार चम्किएको छ । त्यसै खेल मैदान परिसरमा फुटपात र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरुको व्यापार उसैगरी मौलाएको छ ।

मंसिर १७ बाट सुरु भएको एनपीएलले साना तथा मझौला व्यवसायीहरुलाई राहत मिलेको छ । एनपीएलले भरिएको टीयू क्रिकेट मैदानमा मानिसहरुको ध्यान त्यहाँ संचालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ । क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन–मःम, मिठाइ, विस्कुट, चाउचाउ, पानी, जुस लगायतका खुद्रा पसलहरुमा व्यापार मौलाएको छ ।

अघिपछि ग्राहक नपाएरमा सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरु अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन् । उनीहरुलाई भ्याइनभ्याई छ । उपभोक्ताहरुको थामिनसक्नु भीड छ । जाडो याम समेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ ।

क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन । उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु । विदेशी खेलाडीहरु पनि हुनुहुन्छ । अपेक्षा अनुसारकै व्यापार भइरहेको छ । मान्छेहरुको भीड दिनहुँ बढिरहेको छ । कोरानाले आपत परेका होटल व्यवसायीहरुलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो । राहत मिलेको छ,’ उनले भने । सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुईसय प्लेटसम्म मःम बेचिरहेका छन् ।

क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी । गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन । उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको विक्री हुन्छ । व्यापर सोचे जस्तै भएको छ । एनपीएललले नाफा गराएको छ । मलाई मात्रै होईन सबैलाई राम्रो भएको छ ।’

अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मन्जु तामाङ मर्हजन व्यापार ठिकै भएको सुनाउछिन । ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, , चकलेटलगायत बेचिरेहेको छु । व्यापार ठिकै छ । अहिले सरदरमा दैनिक सय रुपैयाँ सम्मको व्यापार हुन्छ,’ उनले भनिन् ।

हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रवारसम्म अन्य काम गर्छन । तर एनपीएल सुरु भएदेखि उनी शनिवार–शनिवार टीयू मैदानमा बदाम, पानी बेचिरहेका छन । उनी भन्छन, ‘शनिवार मात्रै बेच्छु म चाहिँ । अरु दिन अफिस जान पछ्र्र । व्यापार राम्रै छ । सामान्य खर्च जुटेको छ ।’

ह्यापीडेन्ट चुइन्गमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनिता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन् । उनी भन्छिन्,‘हाम्रो सेल्स राम्रै छ । दैनिक दुई देखि तीन हजारसम्मको व्यापार भइरहेको छ ।’

एनपीएलले क्रिकेटसँगै व्यापार व्यावसाय पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो । एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन पनि गरिएको छ ।

 

 

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात
अर्थ/ब्यापार

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

कार्तिक २१, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी
अर्थ/ब्यापार

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै
अर्थतन्त्र

तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३
तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

कार्तिक २७, २०८३
चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व