Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उपचुनाव : काठमाण्डौ १५ मा रास्वपाको जीत, अरु वडाहरुमा कांग्रेस अगाडि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – उपचुनाव भएका पालिका ३३ वडाहरुमध्ये धेरैमा नेपाली कांग्रेस विजयी भएको छ । काठमाण्डौ महानगरपालिका वडानम्बर १६ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनुुभएको छ । श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ र एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत ल्याउनुुभएको छ । यसअघि यो वडामा कांग्रेस विजयी भएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा कांग्रेसका तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित हुनुभएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । तेह्रथुमको नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित हुनुभएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । बर्दियाको नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित हुनुभएको छ ।

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय हुनुभएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा एमालेका लालबहादुर शाही विजयी हुनुभएको छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका कुमारी सावादेन निर्वाचित हुनुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा एमालेका सकिबुल खाँ निर्वाचित हुनुभएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ विजयी हुनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा पनि जसपा नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ ।

कालीकोटको तिलागुफा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेमकिपाका खड्कराज शाही विजयी हुनुभएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा भने स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । उजह्यालो अनलाइन बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व