सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनपिएल : कुन टिममा कस्ता खेलाडी ? यस्तो छ खेल तालिका

नेपाल प्रिमियर लिग (एनपिएल) भोलिदेखि सुरु हुँदैछ।

नेपाल प्रिमियर लिगका लागि विभिन्न तयारी लगभग पुरा भइसकेको छ । शनिवारदेखि सुरु हुने एनपिएल २० दिनसम्म चल्ने छ ।

प्रतियोगिता मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । एनपिएलका लागि ८ वटै टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरेका छन् ।

Mahakali Polytechnic

पहिलो संस्करणको एनपिएलका लागि १६ देशका कम्तीमा ४० खेलाडी नेपाल आउने छन् । भारतका शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म एनपिएल खेल्न नेपाल आउने छन् ।

World Link Ads

यी हुन् एनपिएलका ८ टोली

Sana Kishan

पहिलो चरणको नेपाल प्रिमियर लिगका लागि ८ वटा टोली समावेश छन् । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स सहभागी छन् ।

बागमती प्रदेशबाट भने दुई टोली सहभागी हुने छन् । घरेलु टोली काठमाडौं गुर्खाज र चितवन राइनोज बागमती प्रदेशको प्रतिनिधित्व गरेका छन् ।

गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्स र लुम्बिनीबाट लुम्बिनी लायन्स एनपिएलमा सहभागी छन् ।

कर्णाली प्रदेशबाट कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछ ।

कुन टिम कस्तो ?

विराटनगर किंग्स : नेपाली टिमका स्टार स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगर किंग्समा लोकेश बम, प्रतिश जीसी, बसिर अहमद जस्ता उम्दा खेलाडी छन् ।

राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ पनि विराटनगर किंग्समा छन् ।

यस्तै विराटनगर किंग्समा विश्व चर्चित र अनुभवी विदेशी खेलाडी पनि छन् । ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

विराटनगर किंग्समा सन्दीपसँगै विदेशी खेलाडीको प्रदर्शन हेर्न लायक हुनेछ ।

जनकपुर बोल्ट्स : राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा अर्का ओपनर अनिलकुमार साह र स्पिनर ललित राजवंशी छन् ।

राष्ट्रिय टिमका नियमित सदस्यहरूको सहभागिताले जनकपुर बोल्ट्स बलियो देखिन्छ । टिममा रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर छन् ।

जनकपुर बोल्ट्समा न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन् ।

नेपाली र विदेशी खेलाडीको बलियो प्रदर्शन पक्षले जनकपुर बोल्ट्स पनि एनपिएलको उपाधि दाबेदार टिम हो ।

चितवन राइनोज : पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । टिममा मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल छन् ।

यस्तै सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रंजीत कुमार, गौतम केसी पनि टिममा छन् ।

चितवन राइनोजमा इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन छन् ।

चितवन राइनोजको आइकोनिक खेलाडी सलाहुद्दिन खान हुन् ।

युवा स्टार रहेको चितवन राइनोजमा लोफ्टी इटन र शरद भेषावकरको अनुभवले काम उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।

काठमाडौं गुर्खाज : नेपाली टिमका फास्ट बलर करण केसी मार्की रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक, साहब आलम, भीम सार्की, रसिद खान जस्ता युवा खेलाडी छन् ।

टिममा शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल छन् ।

काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्यान्डका नेथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी, इंग्ल्यान्डका ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस छन् ।

काठमाडौँको आइकोनिक खेलाडीमा भने कृष कार्की छन् ।

पोखरा एभेन्जर्स : नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्स एनपिएलको उपाधि जित्ने दाउमा छ ।

पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री जस्ता युवा स्टारहरूको बाहुल्यता रहेको छ ।

टिममा दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ पनि छन् ।

पोखरा एभेन्जर्समा अमेरिका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र (स्कटल्यान्डका माइकल लिस्क छन् ।

आइकोनिक खेलाडीमा भने सुदिप अर्याल छन् ।

लुम्बिनी लायन्स : नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की रहेको लुम्बिनी लायन्समा सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी छन् ।

टिममा दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेक गौतम, विकाश अग्री पनि समावेश छन् ।

लुम्बिनी लायन्समा अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर छन् । लुम्बिनीको आइकोनिक खेलाडीमा आरिफ शान छन् ।

लुम्बिनी लायन्सलाई पनि उपाधि दाबेदार टिमकै रूपमा हेरिएको छ ।

कर्णाली याक्स : एनपिएलका ८ वटा टिम मध्ये सबैभन्दा धेरै प्रचारप्रसार गरिरहेको टिम हो कर्णाली याक्स । फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली याक्स जसरी पनि उपाधि जित्ने दाउमा छ ।

कर्णाली याक्समा युवा अलराउण्डर गुलशन कुमार झा, देव खनाल, नन्दन यादव, मौसम ढकाल जस्ता स्टारहरू छन् ।

टिममा अर्जुन घर्ती, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी पनि छन् ।

कर्णाली याक्समा भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद छन् ।

शिखर धवन एनपिएलकै सबैभन्दा ठुलो नाम हो । कर्णाली याक्सका आइकोनिक खेलाडीमा विपिन शर्मा छन् ।

सुदूरपश्चिम रोयल्स : एनपिएलकै बलियो टिम मध्येको एक हो सुदूरपश्चिम रोयल्स । अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम रोयल्स एनपिएलको पहिलो उपाधि जित्न चाहन्छ ।

सुदूरपश्चिम रोयल्समा ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी जस्ता अनुभवी खेलाडी छन् ।

टिममा इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद जस्ता युवा खेलाडी छन् । सुदूरपश्चिम रोयल्समा धेरै जसो सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता छ ।

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन् ।

वसन्त खत्री सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी हुन् ।

कति छ टिकटको मूल्य ?

प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ ।

यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ । सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४४८० र भीआईपतर्फ ८२४० रुपैयाँ तोकिएको छ ।

एनपिएल कसरी हेर्ने ?

पहिलो संस्करणको एनपिएलको प्रत्यक्ष प्रसारण टिभीमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युबमा एक्सन स्पोर्ट्स एचडी मा हेर्न सकिने छ ।

कुन टिमको खेल कहिले ?

मंसिर १५ – १२ः१५ बजे – विराटनगर भर्सेस जनकपुर

मंसिर १७ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस चितवन

मंसिर १७ गते – १ः१५ बजे – जनकपुर भर्सेस कर्णाली

मंसिर १८ गते – ९ः१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर

मंसिर १८ गते – १ः१५ बजे – चितवन भर्सेस पोखरा

मंसिर १९ गते – ९ः१५ बजे – कर्णाली भर्सेस काठमाडौं

मंसिर १९ गते – १ः१५ बजे – विराटनगर भर्सेस लुम्बिनी

मंसिर २० गते – ९ः१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १ः१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९ः१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १ः१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२ : १५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds