कञ्चनपुर । अढाइ दशकबाट बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः निर्माणकार्य भइरहेको छ।
भीमदत्त नगरपालिकाको १५% , दोधाराचाँदनी नगरपालिकाको १०% गरि २५% , सुदूरपश्चिम प्रदेश सरकारको २५% र सङ्घीय सरकार नागरिक उड्डयन प्राधिकरणको ५०% लगानीमा पुनः निर्माण कार्य भैरहेको मझगाउँ विमानस्थलको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख, उपप्रमुख सहितको टोलीले अनुगमन गरेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन्।
बिहीबार विमानस्थलको धावनमार्ग, कार पार्किङ, नाला सहितको कामको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा सहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको चन्दले बताए।
अनुगमन पश्चात जिल्ला समन्वय समिति कञ्चनपुरले निर्माणकार्यमा देखिएका बाधा अड्चन फुकाउन सदैव अग्रसर रहने प्रतिबद्धता गरेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीन राज ओझाले बताएका छन्।