अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधिले पोखरा रङ्गशालामा रहेको क्रिकेट खेल मैदान निरीक्षण गरेका छन् । आईसीसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा पुगेको टोलीमा आइसीसीका सिनियर म्यानेजर रोहित पोदार र एशिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम छन् ।
आइसीसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारकातर्फबाट निर्माणको प्रतिबद्धता खोजेको क्यानले जनाएको छ ।
यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट सङ्घलाई डगआउट अर्थात खेलाडी बस्ने ठाउँ हस्तान्तरण गरेको छ ।