रबि भट्ट, कञ्चनपुर । कोड फर चेन्जको आयोजानामा कोड फेस्ट २०८१ प्रतियोगिता सम्पन्न भएको छ। धनगढीको नास्ट कलेजमा प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ। कोड फर चेन्ज (Code For Change) को आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा कैलाली र कञ्चनपुरका आईटी कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नास्ट कलेजका प्रबन्ध निर्देशक शिवहरि शर्मा मुडवरीको प्रमुख आतिथ्य रहेको थियो भने कोड फर चेन्जका सुदूरपश्चिम लिड रोहित पालको सभापतित्व रहेको थियो।
७ टिम सहभागी प्रतियोगीताबाट सिटी लिङ्क (नास्ट कलेज) प्रथम र कोड विथ हर (सुदूरपश्चिम विश्वविद्यालय) द्वितीय हुन सफल भएको छ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका सिटि लिङ्क (नास्ट कलेज) र कोड विथ हर (सुदूरपश्चिम विश्वविद्यालय) ले कोड फर चेन्जको राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।