कञ्चनपुर । रामलीला समिति कञ्चनपुरले आयव्यय सार्वजनिक गरेको छ । रामलीला समिति कञ्चनपुरले १ कार्तिकदेखि १४ सम्म महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको रामलीला महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।
मङ्गलबार पत्रकार सम्मेलन गर्दै समितिले आयव्यय सार्वजनिक गरेको जनाएको छ । रामलीला समितिका महासचिव नरेन्द्रराज जोशीले महोत्सवमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको बताए ।
रामलीला समिति मूल आयोजक समितिका संयोजक लक्ष्मीदत्त पाण्डेयले प्रस्तुत गरेको प्रशासनिक तथा आर्थिक प्रतिवेदन अनुसार १२ लाख, ३१ हजार, ६२६ रुपैया नगद आम्दानी मध्ये २४ हजार ३ सय १० रुपैया मात्रै बचत भएको छ । यस पटक भक्तजन, स्थानीयबाट मात्रै भएको आम्दानीले महोत्सव भव्य रुपमा सम्पन्न गरिएको जनाएको छ ।
संयोजक पाण्डेयले कुनैपनि सरकारी निकायसँग पैसा नमागेरै महोत्सव सम्पन्न गरिएको बताए । रामलीला समितिका कञ्चनपुरका अध्यक्ष समरजङ्ग बहादुर चन्दले सबै सरोकारवालाको सहयोगमा महोत्सव सम्पन्न भएको बताए । रामलीला आयोजना गर्दा सकारात्मक सोच, धार्मिक क्षेत्रले समाजलाई एक मोडमा पुगाएको उनले बताए।
कञ्चनपुर जिल्लाको रामलीला समिति एकै हुनु पर्ने र त्यसको लागि सबैले एक रुपमा सम्मेलन गरि अगाडि बढ्न समेत बताए । आजिवन सदस्यता लिने व्यक्ति लाई सम्मानित गरि प्रमाणपत्र दिएको छ । नेपाली तथा डोट्याली भाषमा मञ्चन भएको रामलीलाको सुपविका सह प्राध्यापक समेत रहेका डा. भुपेन्द्र विष्टले निर्देशन गरेका थिए । आगामी दिनमा थप पुरस्कृत बनाउँदै लैजाने आयोजकले प्रण गरेको छ ।