दीपक नाथ, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ मा रहको सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र चन्दको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथी एवम् वेदकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराले सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाले वडा भित्रका कृषक एवम् महिला दिदिबहिनीहरुलाई विभिन्न सिपयुक्त तालिम दिएर आत्मनिर्भर बनाईरहेको भन्दै प्रशंसा गर्दै आफूले गर्न सक्ने सहयोग गर्न संधै तत्पर रहने बताए।
त्यसैगरी कार्यक्रममका सभाध्यक्ष एवम सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दले २०७८ मा स्थापना भएको र छोटो समयमा गुणस्तरिय उपलब्धी हासिल गरेको बताए। स्थापनाकाल देखी नै सहकारी संस्थाले सामाजिक रूपमा भएका विकृती विसंगतीको न्युनिकरणका लागि सामाजिक विकास चेतना सम्बन्धी तालिम, किसानहरुका लागि सहुलियत व्याज. शेयर सदस्यलाई आत्मनिर्भर बन्नका लागि विभिन्न व्यवसायमा आकर्षण गराउनुका साथै सिपमूलक कार्यक्रमहरू समेत सञ्चालन आईरहेको बताए । साथै अध्यक्ष चन्दले संस्थाबाट दैनिक ४० लि. देखि १०० लि. सम्म दूध सङ्कलन भईरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए। आगामि दिनमा पनि संस्थाबाट विभिन्न सिपमूलक, एवम् व्यवसायिक तालिम सञ्चालन गरिने उनको भनाई रहेको छ।
संस्थाका व्यवस्थापक जानकी चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष खेमा भट्टले स्वाग्त मन्तव्य राखेका थिए भने लेखा सुपरीवेक्षण समितिका संयोजक देव दत्त पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसैगरी कार्यक्रममा घरमा आगलागी भएकी जसमती लुहारलाई रू १ हजार ५ आर्थिक सहयोग गरिएको छ भने नन्दा बम चन्दलाई २ हजार ५ सय किरिया खर्च सहयोग गरिएको छ। त्यसैगरी संस्थालाई जमिन दान गरेका जमिनदाता शिवराज भट्ट र जानकी देवीलाई सम्मान गरिएको छ भने सञ्चालक समिति सदस्य बबिता देवी चन्द र शेयर सदस्य पदमा सुनारालाई सम्मान गरिएको छ।