सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केशव आश्रमका पदाधिकारी : ‘स्थानीय सरकारले आफ्ना अतिक्रमणकारीलाई बचाएर हाम्रो मात्रै घर भत्कायो’

कञ्चनपुर । तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कञ्चनपुरका युवा विद्यार्थीको दबाबमा भीमदत्त नगरपालिका स्थानीय सरकारले केशव आश्रम सहितका २ मात्रै पक्की संरचना भत्कायो । दुई मात्रै संरचना भत्काएपछि स्थानीय सरकारको आलोचना भईरहेका बेला केशव आश्रमका सञ्चालक समितिका पदाधिकारीले पूर्वाग्रही रुपमा भवन भत्काएको जनाएका छन् । 

बुधबार भवन भत्काएकै स्थानमा पत्रकार सम्मेलन गरेर केशव आश्रमका मान्छेहरूले आफूहरूको मात्रै भवन भत्काएर स्थानीय सरकारले गल्ती गरेको बताएका हुन् । केशव आश्रमका सदस्य प्रदिप पालले स्थानीय सरकारले जङ्गली, तानाशाही प्रवृत्तिमा आफ्नो सहित दुई संरचना भत्काएको बताए । 

‘हामीले पालिकालाई उतिबेलै तालाचाबी बुझाएका थियौँ, ‘उनले भने, ‘तर पालिकाले चाबी लिएर भीमदत्त नगरपालिका स्वामित्वको भवन घोषणा गरेपनि तोडिदियो, आफ्ना मान्छे र शक्तिशाली व्यक्तिका घरमा लगानीदेखि संरक्षणमा उद्यत् छ ।’

उनले आफूहरू जस्तै शैलीमा नगर विकास समितिसँग सम्झौता गरेर घर बनाएर बसेको त्यसमा पालिका सरकारले लगानी गरेर झन उल्टै संरक्षण गरेको दावी छ । ‘हाम्रो घर जस्तै अन्य हाम्रै जस्तो नविसबाट जमिन भाडामा लिएर बनेका संरचना नभत्काए भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थी, उपमेयर निलम लेखक र मेयर पदम अवस्थीले राजिनामा दिनुपर्छ, ‘उनले भने, ‘उनीहरूले आफ्ना र शक्तिशाली काँग्रेसकै नेताका घर बचाउन हाम्रो घर भत्काएका हुन ।’ 

Mahakali Polytechnic

हिन्दु स्वयंसेवक सङ्घ राष्ट्रिय बौद्धिक सङ्घका सदस्य लक्ष्मीदत्त भट्टले नगर विकससँग ०६९ सालमा वार्षिक ४ हजारमा जमिन भाडामा लिएर २० वर्षका लागि भाडामा लिएको भएपनि पालिकाले केशव आश्रम मात्रै तोडेर भग्नावशेष बनाइदिएको बताए । ‘हामीसँग अझै सम्झौता छ, नविसले निर्णय गरेन त्यो यसको विषय हो, हामीले नविससँग सम्झौता गरेर जमिन भाडामा लिएका हौँ, कब्जापनि होइन, ‘उनले भने, ‘तैपनि तोडिदियो, छेउछाउमै र अन्य क्षेत्रमा रहेका यस्तै प्रकृतिका भवन बचाउन स्थानीय सरकार सकृय छ ।’ 

World Link Ads

हिन्दु स्वयंसेवक सङ्घ केन्द्रीय सदस्य हर्केष विष्टले स्थानीय सरकारले जानकारी बिनै भवन भत्काएर अन्याय गरेको बताए । ‘हामीसँग चाबी नियन्त्रणमा लियो, त्यहाँभित्र थुप्रै समान थिए, ०४८ सालदेखिका कागजपत्र पनि थिए, तर छापामारशैलीमा भत्काएर सबै स्वाहा पारिदियो, भत्काउने सूचना दिएको भएपनि हामीले समान र कागजात छ सुरक्षित राख्थ्यौँ ।’ केशव आश्रम सहित छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको भवन भत्काएपछि अन्यलाई संरक्षण गर्न थालेपछि स्थानीय सरकारको आलोचना भइरहेको छ ।  

Sana Kishan

नयाँ अभिमत साप्ताहित पत्रिकाका संचालकले समेत जानकारी बिनै भत्काएर कागजातदेखि समान नष्ट गरिदिएको दुखेसो पोखेका छन । स्थानीय सरकारले अरुमाथि कानुन आफ्नामाथि लगानीदेखि संरक्षणमा जुटेको जनाएका छन । भीमदत्त नगरपालिकाले अवैध सबै संरचना भत्काउने जनाउदै आएको छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds