कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले मुखपत्र प्रकाशित गरेको छ । २०३५ सालमा स्थापना भएको विद्यालयले वार्षिक मुखपत्र अर्थात ‘लक्ष्मी माला’ को दोश्रो अङ्क प्रकाशित गरेको हो। मङ्गलबार एक कार्यक्रमका बिच विद्यालयले ‘लक्ष्मी माला’ को दोश्रो अङ्क विमोचन गरेको हो।
उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदको सभापतित्व रहेको थियो। त्यसैगरी कार्यक्रममा भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन राज भट्ट, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष प्रजापति पाण्डेय, धन बहादुर कठायत, पूर्व प्रधानाध्यापक बिर्ख बहादुर मल्ल लगायतको विशिष्ट आतिथ्य रहेको थियो।
विद्यालयका शिक्षक लोकराज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर चन्दले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् भीमदत्तका नगर उपप्रमुख निलम लेखक जोशीले लक्ष्मी माद्यमिक विद्यालय प्रति विशेष लगाव भइ विगतमा पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेकी छन्।
कार्यक्रम बोल्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र सिंह साउदले विद्यालयको चौतर्फी विकासका लागि मुखपत्रले पनि अहम् भूमिका खेल्ने भएकोले आगामी वर्षहरूमा पनि निरन्तर रुपमा लक्ष्मी माला प्रकाशन गर्ने प्रतिबद्धताका साथै विद्यालयको समग्र वृद्धि विकासका लागि आगामी दिनहरूमा पनि विभिन्न रचनात्मक कार्य गरी शैक्षिक सुधारमा पनि विशेष ध्यान दिइने दिइने प्रतिबद्धता गरेका छन्।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर चन्दले विद्यालयको चौतर्फी सुधारका लागि हर सम्भव प्रयास गरिरहेको बताउँदै अभिभावकहरूले आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका छन्।