कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको महेन्द्रनगर र बेलौरीमा छठको रौनक छाएको छ । जिल्लाको उत्तरी भेग महेन्द्रनगर र दक्षिण बेलौरीमा छठको पुजा आराधाना गरिएको छ । यस अघि महेन्द्रनगरमा मात्रै हुने छठ अहिले बेलौरीमा पनि मनाईएको हो । बिहीबार अस्थाउँदो सुर्यलाई अध्र्यदिन मागेर नदी, तलाउ, पोखरी किनारमा घाट बनाएर पुजा आराधाना गरिरहेका छन ।
पुर्वी तराई एव मधेशी समुदायले हरेक बर्ष मनाउँदै आएको छठ यस बर्षपनि मनाईरहेका छन । मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले महाकाली सिँचाई नहर किनार घाट बनाएर पुजा शुरु गरिएको बताए । उनका अनुसार घर परिवारमा सुख शान्तिदेखि सन्तानको भविष्यका लागि पर्व मनाउने प्रचलन रहेको छ ।
छठ पर्व मनाएर सन्तानको महिमा बढ्ने धार्मिक मान्यता समेत रहेको उनले बताए । घरबाट पकाएर ल्याएका खाने परिकार सहित नदीमै स्नान गरेर मनाउने चलन रहेको बताए । मैथली समुदायका अगुवा राम लखन गुप्ताले पनि बेलौरी बैशाखा नदीमा सामुहिक छठ पर्व मनाएको बताए ।
उनले सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजागर्ने भक्तजनहरुले मनोकाङक्षा पुराका लागि मनाउने बताए । छठको सष्ठीका दिन घाटमै रातभर भजनकृतन सहित पुजा आराधाना गरेर मनाईनेछ । कार्तिक शुक्लसप्तमी तिथिका दिन उदाउँदो सुर्यलाई अध्र्य दिएपछि छठपुजना शुक्रबार समान गरिनेछ । छठपर्वका भक्तजनहरुले छठ मनाउनका लागि छुट्टै घाट बनाईदिनुपर्नेमा जोडदिएका छन ।